‘भ्यालेन्टाइन डे’ मा नेकपा उपाध्यक्ष गौतमको रोमान्टिक अवतार ! | Khabarhub Khabarhub

‘भ्यालेन्टाइन डे’ मा नेकपा उपाध्यक्ष गौतमको रोमान्टिक अवतार !


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन पछिल्लो पुस्ता अर्थात तन्नेरी पुस्तामा विकास भइरहेको छ ।

पश्चिमा संस्कृति भएपनि नेपाली युवा युवतीले भ्यालेन्टाइन डे मनाउने गरेका छन् । प्रमी प्रेमिकाले एक अर्कालाई गुलाफका फूल दिएर वा उपहार दिएर माया व्यक्त गर्ने गर्छन् भने मन पराएका व्यक्तिलाई प्रपोज गर्ने दिनको रुपमा पनि यस दिनलाई लिने गरिएको छ ।

यसैबीच नेकपाका उपाध्यक्ष वामदेव गौतमले भ्यालेन्टाइन डे मनाएका छन् ।

१४ फेब्रुवरी अर्थात आज मनाइने भ्यालेन्टाइन डेमा उपाध्यक्ष गौतमले पत्नी तुलसा थापालाई गुलाफको फूल दिएका छन् ।

गौतमले पत्नीलाई गुलाफको फूल दिएको तस्वीर उनीहरुका छोरा हरिशले सामाजिक सञ्जालमा राखेका छन् । ‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का’ हरिशले सामाजिक सञ्जालमा तस्वीर राख्दै लेखेका छन् ।

उपाध्यक्ष गौतमले घुँडा मारेर एक हातले पत्नी तुलसालाई गुलाफको फूल दिएका छन् भने अर्को हातले पत्नीको हात समाएका छन् ।

त्यस्तै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई गुलाफको फूल दिएको तस्वीर पनि भाइरल बनेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : ५१ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित