चर्चका पादरीको धन्दाः परमेश्वरको डर देखाउँदै पटक-पटक बलात्कार ! « Khabarhub

चर्चका पादरीको धन्दाः परमेश्वरको डर देखाउँदै पटक-पटक बलात्कार !


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पादरी बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले चर्चका पादरी जोशीलाई पक्राउ गरेको हो ।

तीन महिनादेखि उनले एक महिलालाई निरन्तर प्रलोभन र धम्की देखाउँदै बलात्कार गर्दै आएको खुलेको हो । पीडित महिलाका अनुसार  पादरीले आफूसँग शारीरिक सम्पर्क गरे पाप नष्ट हुने भन्दै पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोग चर्चमा गए निको हुने विश्वासका आधारमा आफू चर्चमा गएको र चर्चका पादरीले त्यसको फाइदा उठाएको उनले उल्लेख गरेकी छिन् ।

चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउन शारिरीक सम्पर्क गर्नुपर्छ भन्दै बलात्कार गरेको उनले जनाएकी छिन् ।

पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् । पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले  करणी गरेको जनाएकी छिन् ।

पादरीले परमेश्वरको डर देखाएर शारिरीक सम्पर्क गरेको उजरीमा उल्लेख छ ।

दोस्रो पटक आफूले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडितले जनाएकी छिन् । उनले आफ्नो परिवार तथा साथीभाईलाई भनिदिने डरत्रासमा पारी पुनः करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । पुनः गत पुसमा पनि डर धम्की देखाएर करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : ४२ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु