द्रूतमार्ग र निजगढ विमानस्थल बनाउन बजेट अभाव हुन्न : अर्थमन्त्री डा.खतिवडा | Khabarhub Khabarhub
Logo
६ माघ २०७६, सोमबार

द्रूतमार्ग र निजगढ विमानस्थल बनाउन बजेट अभाव हुन्न : अर्थमन्त्री डा.खतिवडा



पूर्वाधार निरीक्षणमा मन्त्री खतिवडा ।

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माणमा बजेट अभाव नहुने बताएका छन् ।

तीनै आयोजनाको निरीक्षणमा निस्केका मन्त्री खतिवडाले काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिँदै कुनै हालतमा पनि स्रोतको अभाव नहुने बताए ।

मन्त्री खतिवडाले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने प्रतिवद्धता जनाए ।

बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–निजगढ द्रुतमार्ग तथा धनुषामा रेलमार्ग निर्माणाधीन छ ।


भर्खर

0