नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई तीन महिनाको औषधि एकैपटक | Khabarhub Khabarhub

नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई तीन महिनाको औषधि एकैपटक


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतालले नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई एकै पटकमा तीन महिनाको औषधि दिन शुरु गरेको छ । स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीको सुविधालाई ध्यानमा दिइ सो व्यवस्था शुरुआत गरेको हो ।

यसअघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले बिरामीका लागि सहजहोस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकैपटक दिन शुरु गरिएको जानकारी दिए । मधुमेह, उच्च रक्तचाप, दम, हाडजोर्नी, कोलस्ट्रोल, थाइराइडजस्ता समस्या भएका बिरामीलाई औषधि दिन शुरु गरिएको छ ।

नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेबाहेकलाई यसबाट सहज हुने जनाइएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन र छिमेकी जिल्लाका सर्वसाधारणले जीवन बिमा गर्दा पहिलो बिन्दु भरतपुर अस्पताललाई रोजेका छन् ।

छिमेकी तनहुँ जिल्लामा विपन्न वर्ग तोकिएको छ । उनीहरुलाई सरकारले बिमा गरिदिएको छ । त्यस्ता विपन्न वर्गको सुविधा लिने धेरैले भरतपुर अस्पताललाई पहिलो बिन्दु तोकेको उनले जानकारी दिए ।

भरतपुर अस्पतालमा दैनिक सरदर एक हजार ३०० बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन् । तीमध्ये आधा बिमाका हुने गर्दछन् । बिमामा आउनेमध्ये ५० प्रतिशत हाराहारी नियमित औषधि सेवन गर्ने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ६ : ५७ बजे

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली