५४ अर्ब चीनले दिन्छ भन्दा खुसी हुने तर अमेरिकाले दिन्छ भन्दा किन बहस : भण्डारी (अन्तर्वार्ता) « Khabarhub
Logo
८ मंसिर २०७७, सोमबार

५४ अर्ब चीनले दिन्छ भन्दा खुसी हुने तर अमेरिकाले दिन्छ भन्दा किन बहस : भण्डारी (अन्तर्वार्ता)



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो केही सयम यता आन्तरिक कलहमा फसेको छ । पार्टी नेतृत्वको कमजोरीका कारण पूरानो  प्रजातान्त्रिक पार्टी  देशलाई निकाश दिने समयमा समस्यामा परेको चिन्ता कांग्रेसका युवा नेताहरुमा छ ।

पुरानै ढर्रामा पार्टी सञ्चालन हुन नसक्ने र यस्तै खालको नेतृत्वबाट पार्टी आगामी दिनमा सही रुपमा चल्न नसक्ने बहस पनि कांग्रेसमा नभएको होइन । युवा नेताहरुले कांग्रेसमा नेतृत्व परिवर्तन मात्र नभइ पुस्ता हस्तान्तरण हुनुपर्ने आवाज उठाउँदै आएका छन् । यसै मध्येका एक हुन् कांग्रेस युवा नेता डा चन्द्र भण्डारी । 

नेपाली कांग्रेसमा देखिएको समस्या, समाधानको उपाय, देशको पछिल्लो राजनीतिक अवस्था, सीमा  समस्या, सत्ता स्वार्थमा  डराएको विषादीको प्रयोग र डुवान, जनचासोका सवाल र अमेरिकाले नेपाललाई दिने भनिएको सहयोग एमसीसी लगायतका विषयमा नेता भण्डारीसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ नेता भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेपाली कांग्रेसमा पछिल्लो समय विवाद बढ्दै गएको छ ।  कांग्रेसका जिल्ला सभापतिहरुको भेलापछि पार्टी फुटको संघारमा पुगेको भनेर भन्न थालिएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

प्रजातान्त्रिक मूल्य मान्यताअनुसार पार्टीभित्र बसेर सल्लाह गरेर निष्कर्ष निकाल्नु राम्रो कुरा हो । ‘बादे बादे जायते तत्ववोध’ भनेजस्तै छलफल बहसलाई अन्यथा लिनुहुँदैन । हामीले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ नगर्ने हो भने प्रजातान्त्रिक मूल्य मान्यतालाई निषेध गरेको हुन्छ । नेताले पूर्ण रुपमा मूल्य मान्यताअनुसार पार्टी सञ्चालन गर्नुपर्ने हुन्छ ।

तर, समस्याहरु देखिए….

हाम्रो पार्टीमा तीनवटा प्रवृत्तीहरु देखिन्छन् ।  पहिलो कुरा सभापति नजिकका नेताहरुले पार्टीलाई जसरी पनि कब्जामा लिने, विधान जेसुकै होस् । दोस्रो थरी भागबण्डा मिल्यो भने विधान मिचिएर केही नहुने । तेस्रो भनेको पार्टी सभापतिले वा अधिकारप्राप्त व्यक्तिले आफ्ना निर्णय गर्न पाउँछ तर उसले विधान मिचेर विवेक गुमाउन पाउँदैन । यो नियम प्रधानमन्त्री देखि पार्टी सभापति सबै संस्थाहरुमा लागू हुन्छ । तब मात्रै प्रजातन्त्र सफल हुन्छ । यसकै उदाहरण हो बेलायत । जहाँ संसथाहरु बलिया छन् जसका कारणा संविधान नहुँदा पनि चलेका छन् ।

नेपालमा व्यक्त बलियो हुने प्रवृत्तिले संस्थाहरु कमजाेर हुँदैछन् । यो अहिले वर्तमानको समस्या हो ।

 यसको मतलब कांग्रेस सभापति शेरबहादुर देउवाले विधान अनुरुप काम गर्नु भएको छैन भन्ने हो ?

अहिले सभापतिजीले विधानको पालना गर्नुभएको छैन । किनभने महाधिवेशनको निर्णय सर्वसम्मतबाट गर्नुपर्छ । सबैलाई निष्पक्ष रुपमा महाधिवेशन हुन्छ भनेर विश्वास दिलाउनुपर्छ । राष्ट्रिय चुनाव त निष्पक्ष हुन्छ भनेर निश्चित नगर्दासम्म त्यसमाथि विश्वास हुँदैन ।

पार्टी सभापतिजीले महाधिवेशन भएको दुई महिनाअघि नै विभागहरु गठन गर्नु पर्दथ्यो । अब फागुनमा कार्यकाल अन्त्य हुने बेलामा त्यो गर्न मिल्दैन । दोस्रो  आफैले बनाएको विधानमा २८ वटा विभाग रहेका छन् । उहाँले त्यसको संख्या बढाएर ४७ वटा बनाउने प्रस्ताव गर्नु हुँदैन ।  भ्रातृ संस्थाका अधिवेशनहरु समयमा गराउनु पर्थ्यो । पार्टीको विधानका धाराहरु निलम्बर गर्नु पनि हुँदैन थियो । भागवण्डामा कसैको भविष्य निर्धारण गर्न पाइँदैन थियो । देशको राष्ट्रिय चुनावमा त सरकारले सबैपक्ष समावेश गरे निस्पक्षताको ग्यारेन्टी गरे अघि बढ्न पर्छ भने पार्टीमा एक पक्षलाई बाहिर राखेर निर्णय गर्नु अप्रजातान्त्रिक हुन्छ । यो कांग्रेसको परम्परा पनि होइन ।

नेपाली कांग्रेस कुनै पनि हालतमा विभाजन हुँदैन । विभाजनको पीडा सबै राजनीतिक दलले भोगिसकेका छन् । कांग्रेसभित्र विभाजन हैन, नेतृत्वको हस्तान्तरण हुन्छ । नेतृत्व परिवर्तन मात्रै होइन

भेला त आधिकारिक संयन्त्रले बोलाएको थिएन ?

कुनै पनि पार्टी भित्रका भेलाहरु आधिकारिक रुपमै बोलाउनु पर्छ । यो कुरालाई मनन गरेर यो परामर्श मात्र थियो ।

अब के सम्बोधन हुन्छ त, सभापतिहरुको परामर्शपछि आएको विषय ?

सम्बोधन हुन्छ, नहुने कुरा भएन । पार्टी सभापतिले कांग्रेसको इतिहास समर्पण र त्यागको नेतृत्व अहिले गरिरहनुभएको छ । त्यसको सम्मान र कदर उहाँले गर्नुपर्छ । त्यकारण पार्टी सभापतिहरुले उठाएका विषयहरु यथार्थपरक र सत्यमा आधारित छन् । त्यो अहिलको वास्तविकता समेत हो । त्यसलाई शेरबहादुरजीले सम्बोधन गर्नुको विकल्प छैन ।

हरेक क्षेत्रमा नेतृत्वको संकट छ । धार्मिक क्षेत्रमा सन्यासी र पादरी बन्दै आ– आफ्नौ वस्त्र धारण गर्छन् । तर त्यसको महत्व बुझेका छैनन्, राजनीति गर्ने नेता, नेपालको राजनीतिक क्षेत्रदेखि अन्य क्षेत्रमा समेत ।

नेतृत्व हस्तान्तरण हुन्छ भन्नु भयो तर सभाापति देउवा फेरि नेतृत्व लिने तयारीमा देखिनुहुन्छ, रामचन्द्र पौडेल पनि आकांक्षी हुनुहुन्छ ।

नेपाल पछि पर्नुको कारण नेतृत्वको संकट हो । हेरक क्षेत्रका नेतृत्वको संकट हो । धार्मिक क्षेत्रमा सन्यासी  पादरी बन्दछन् आआफ्नो वस्त्र धारण गर्दछन् । उनीहरुको दायित्व समाजलाई समाजलाई अनुशाशित मर्यादित र ज्ञान दिलाउने हो । हाम्रो पूर्वीय दर्शनमा त एउटा सन्यासी कुटीमा बस्छन्, ५ घरभन्दा बढीमा भिक्षा माग्न पनि पाउँदैनन् । उनीहरु ज्ञानका भण्डार हुन् । अहिलेका सन्यासीले सन्यासको अर्थ बुझेनन् । त्यस्तै अर्कोतिर नेताहरु छन्, उनीहरुको कर्तव्य राष्ट्रको सेवा गर्ने हो । नेताहरुले पनि नेताको अर्थ बुझेनन् । यी दुबै सन्यासी र राजनीति गर्ने आफ्नो कर्तव्यबाट च्यूत भएर दरबार बनाउन दौडिँरहेका छन् । कसरी ठूलो घर बनाउने भन्नेतिर । नेपालको राजनीतिमा तलदेखि माथिसम्म लागेको सबैभन्दा ठूलो रोग यही हो । नेपालको सबैठाउँमा वा विश्वमा यो रोग देखिएको छ ।

परिवर्तनको ३० वर्षसम्म हामीले व्यक्ति बन्ने बाहेक जनता र राष्ट्रको सुरक्षाका लागि केही गर्न सकेनौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ४ वर्षमा  निशुल्क विजुली, महिलालाई निशुल्क बससेवा दिएका छन् । तर  न हामीले जनतलाई केही दिन सक्यौं, न राजाले नै गरे । आवश्यकता छ, हाम्रो वर्तमान नेतृत्व अझै पनि महत्वकांक्षी बन्नु उहाँहरुको अधिकारको कुरा हो । सोच्नुपर्ने कुरा के हो भने विश्वमा कम्युनिष्टहरु छैनन्, भारतमा ९० करोड जनताले मत हाल्दा कम्युनिष्टको एक सिट मात्रै आउँछ । तर नेपालमा दुई तिहाई आउनु भनेको नेतृत्व गर्न महत्कांक्षा राख्नेहरुलाई यो प्रश्नले छुन्छ कि छुँदैन भन्ने हो ।

नेपालको नेतृत्व किन उत्तरदायी भएन ? यसको समाधान के हो जस्तो लागेको छ ?

प्रथमत नेपाली राजनीति रसिदको आधारमा विभाजित भयो । जसको कारण नेपाली जनतलो आफ्ना नेताहरुलाई सत्य र असत्यको बारेमा प्रश्न उठाउन सकेनन् । पार्टीगत रुपमा नै छलफल निषेध भयो । अर्कातिर नेताहरु सिंहदरबबार वलियो बनाउनेभन्दा पनि विभिन्न राजदसतावासलाई ठुलो मान्ने प्रवृत्ति बढ्दै गयो । जसको कारण नेताहरु जतनाप्रति उत्तरदायी भएनन्, आफ्नो पद र स्वार्थमा राष्ट्रको सुरक्षा नै विर्सिए । यसको समाधान नेतृत्व परिवर्तनबाट मात्रै हुँदैन । पुस्ता हस्तान्तरण हुनुपर्छ । पुस्ता हस्तान्तरण हुँदा ति नेताहरुले नेपाल र विश्वको सामु केही कुराको जवाफ दिनुपर्छ । एक म को हुं, जसले पहिचानको प्रतिनिधित्व गरोस्, दोस्रो म कहाँबाट आएको हुँ, जसले इतिहासको सम्झना गराओस् । तेस्रो भनेको म किन आएको हुँ वा जन्मेको हुँ, उद्धेश्य स्पष्ट पारोस् । चौथो भनेको मैले के गर्नसक्छु, समाज र राष्ट्रलाई के दिनसक्छु, आफनो क्षमता प्रदर्शन गरोस् । पाँचौ भनेको म कता जाँदैछु, अर्जुनदृष्टि, लक्ष्य स्पष्ट गरोस्, यसबाट मात्रै नेपालको मात्रै होइन विश्वको समस्याको समाधान नेपालबाट हुनसक्छ

नेपाली कांग्रेस पार्टी प्रजातान्त्रिक हो भन्ने ? आफ्नै पार्टीमा लोकतान्त्रिक अभ्यास छैन ?

नेपाली कांग्रेस पूर्णत प्रजातान्त्रिक विधी अनुसार गठन हुन्छ । प्रजातान्त्रिक विधि अनुसार नै आफ्ना निर्णयहरु गर्छ । धेरै मानिसहरु यो अधिवेशनमा सहभागी हन्छन् । कुनै नेताले कमी कमजोरी गरो भन्दैमा यसको अभ्यास प्रजातान्त्रिक छैन भन्न मिल्दैन । जुन प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षण र जनतालाई अधिकार दिलाउनका निमित्त जन्मिएको पार्टी हो । यसको विचार आफ्नै स्वतन्त्र र मौलिक पनि छ । तर कर्तव्यलाई सम्बोधन गर्न सकेको छैन । बिचार हराएको अबस्था छ । यस अबस्थामा युवाहरुले देशको समस्याको समाधान गर्ने अवसर खोज्नुपर्छ । परम्प्रा र दृष्टिकोणलाई संरक्षण र हित गर्नसक्छौं भन्ने जनताको कसिमा खारिनुपर्छ । यो चुनौतीको सामना र समाधान युवाहरुले गर्नुपर्छ । जुन संसारका अरु देशमा गरेर समेत देखाएका छन् । राष्ट्रिय संकटको बेलामा स्पष्ट दृष्टिकोण राख्न नसक्नु युवा नेताहरु बन्न सक्दैनन् । युवाको पहिचान राष्ट्र र जनतासँग जोडिएको हुनुपर्छ । र युवाहरु जसले देशको नेतृत्व गर्नेहो, उनीहरुले कतैबाट पनि प्रश्न उठ्ने काम गर्नुहुँदैन ।

नेपाली कांग्रेसको जुन छवि छ, प्रजातान्त्रिक पार्टी शशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न सकेको छैन, अहिले कम्युनिष्टले शासन गरिरहेको छ, नयाँ पुस्तालाई आकर्षण गर्ने तपाईहरुको के छ योजना ?

नेपाली कांग्रेसको छवि प्रजातान्त्रिक हो । र त्यसको विचार आफ्नै स्वतन्त्र र मौलिक छ । यसको इतिहासमा  एकातिर पूँजीवाद र एकातिर साम्यवादको ध्रुवीकरणमा विश्व रहेका बेला फरक ध्रुवीकरण लैजाने सक्ने व्यक्तित्व थिए । जसले प्रजातान्त्रिक समाजवादको अवधारणा लिए । अहिलेको परिस्थितिमा सपना जस्तो लाग्ला , १६ हजार विगाहा आफ्नो जग्गा राज्यलाई दिएर भूमिसुधार लागू गर्ने सुवर्णशमशेर जस्तो व्यक्ति पनि यही थिए । किसुनजीजस्तो राष्ट्रवादी व्यक्तित्व, तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पार्टी सभापतिकारुपमा किसुनजीलाई अघि सार्ने गणेशमानजी जस्ता व्यक्तित्व । यस्ता व्यक्तिहरु जो विश्वका नेताहरुको तुलना गर्दा पहिलो नम्बरमा आउने नेताहरुको उत्तराधिकारी सबैभन्दा कमजोर इतिहासमा भएको अहिले मैले महशुस गरेको छु । जसले आफ्नो इतिहास, गर्व र कर्तव्यको सम्बोधन गर्न सकेको छैन ।

अहिले कस्तो भयो भने देश डुवानमा हुँदा पनि कोही बोल्दैन । देश खुम्चिँदा पनि कोही बोल्दैन । राष्ट्र कसले बनाएको कसलाई सम्बोधन गर्न पर्छ भन्ने छैन । विचार दृष्टिकोण सबै हराएको अहिलेको अबस्थामा हामीले अवसर पाएका छौं । सबैले अवसर पाउँदैनन् । यो अवसरबाट कांग्रेसले देशको इतिहास राख्नुछ । जनताको मत जित्नुपर्नेछ, यो अवस्थामा पार्टीमा धेरै कमी, कमजोरीहरु भएका छन् । एक अर्कोलाई गाली गर्न थाल्यो भने झन् द्वन्द्व हुन्छ । यसलाई कम गर्दै देश विकासमा लाग्नुपर्ने अबस्था आएको छ ।

हामी यति निकृष्ठ भयौँ कि ५४ अर्ब चीनले दिन्छभन्दा हामी खुसी हुने । ६० अर्ब एनसेललाई छाडिदिने । यति ग्रुपलाई छाडिदिने, मेसिन किन्ने भनेर ६ अर्बमा पाइनेलाई २२ अर्बमा किन्ने । अनि अमेरिकी सहयोगका विषयमा बहस गरेर बस्ने ?

संसदमा त कस्तो भयो भने हामीले संसदीय व्यवस्था अंगालेका छौं । जुन हाउस अफ कमन्स, हाउस अफ लर्डस् छ । हाउस अफ कमन्सले डुवानको कुरा उठाउन सकेन, सिमा मिचिएको कुरा उठाउन सकेन, विषाधि खानालाई उठाउन सकेन, त्यो राष्ट्रिय एजेण्डा बनेन । त्यसले देशको प्रतिनिधित्व गर्न सक्दैन । दोस्रो हाउस हाउस अफ लर्डसले आफ्नो दायित्व निर्वाह गरेको छ । नेपाल डुब्दा र नेपालको सिमा मिचिएका बेला संयुक्त रुपमा संकल्प प्रस्ताव पारित गरेको छ । इतिहासमा हाम्रो सदनले संकल्प प्रस्ताव संयुक्त रुपमा पास गर्न सक्यो । यसले जो हाउस अफ लर्ड नेताका व्यक्ति राखिएको छ, यसले विश्वको उदाहरण बन्न सकेको छ । तर हाउस अफ कमन्स जस्तो नेपालमा गर्न सकेन ।

एमसीसीका विषयमा अहिले छलफल चर्चा र बहसको विषय बनेको छ । कांग्रेसले पारित गर्नुपर्छ भन्ने धारणामा स्पष्ट राखेको छ । युवा नेताको हैसियतमा तपाईको धारणा के छ ?

नेपालमा २८ वर्षअघि तत्कालिन नेपाली कांग्रेसको सरकारका पालामा अरुण हाइड्रोबाट ५ सय मेघावाट विजुली निकाल्ने भनिएको थियो । राष्ट्रियतासँग जोडेर तत्कालिन कम्युनिष्टहरुले हल्ला गरे, तोडफोड गरे, जसका कारण विजुली उत्पादन गर्न दिएनन् । जसका कारण नेपाली सधै अध्यारोमा बस्न बाध्य समेत भए ।

उद्योगधन्दाहरु सञ्चालन हुन सकेनन्, व्यापारघाटा बढ्यो, नेपाली युवायुवतीहरु अरबमा बोरा बोक्न जाने अबस्था आयो । अहिले शुरु भएको एमसीसीको बहशका विषयमा नेपाली जनता र सत्तारुढ दल नेकपाका नेता भीम रावलले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्छ । शब्द खेलाएर गलत लेन्सबाट हेर्ने जुन प्रवृत्ति छ, जसले अरुण अरुणजस्तो बनाएर फेरी नेपालीलाई गरिव नै बनाउने, नेपालभित्र बसेका दलालहरुलाई सही बाटोमा ल्याउनुपर्छ ।

कुनै पनि सहयोग राष्ट्रको सार्वभौमिकतालाई कमजोर बनाउन हुँदैन । नेपाल सरकार अमेरिका, चीन, भारत र युरोपबाट सहयोग लिएर देश विकास गर्नहुन्छ । तर एकअर्कालाई तर्साउने र विरोधमा प्रयोग गर्नहुन्न । जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, सभापतिजीले पारित गर्नुपर्छ भनेर उहाँ जति हतार गरिरहनु भएको छ, त्यति हतारिते विषय यो होइन । किनकि उहाँ भनेको प्रतिपक्षी दलको नेता हो । उहाँले जनताको कुरा पनि सुन्नुपर्छ र सरकारले सदनबाट पारित गराउनका लागि सहयोगको माग पनि गर्नुपर्छ ।

अर्को कुरा युवाहरुको जहाँसम्म कुरा छ, युवाहरुको दृष्टिकोण के हो भने हामीले माथि उठाएका सवाल र दृष्टिकोण नै स्वाभिमानी, विकासवादी, राष्ट्रवादी युवाहरुको दृष्टिकोण हो । अर्को कुरा हामीले कु बुझ्नुपर्छ भने विदेशीहरुसँग ५ हजार थान त्रिपाल, एउटा भवन, एउटा एम्बुलेन्स माग्ने, एनसेललाई ६० अर्ब कर छुट दिने, आफ्ना ठुला महल बनाउने, सुरक्षा निकाय राख्ने, तर देशको सुरक्षा नगर्नेहरुलाई कुनै पनि पार्टीमा आउन नदिने वातावरण युवाहरुले बनाउनुपर्छ ।

स्वाभिमान कहाँ छ र ? विदेशीहरुसँग साँझ बसेर खाजा खानेहरु, चुनावमा दूतावासबाट पैसा नलिइकन नबस्नेहरु, मन्त्री पद खोज्नका लागि दूतावास जानेहरु सार्वभौमिकताका कुरा गर्ने ? सार्वभौम त यीनीहरुले बाँडिसके ।

हामी यति निकृष्ठ भयौँ कि ५४ अर्ब चीनले दिन्छभन्दा हामी खुसी हुने । ६० अर्ब एनसेललाई छाडिदिने । यति ग्रुपलाई छाडिदिने, मेसिन किन्ने भनेर ६ अर्बमा पाइनेलाई २२ अर्बमा किन्ने । अनि अमेरिकी सहयोगका विषयमा बहस गरेर बस्ने ? एमसीसीको नेपालमा ल्याउनुपर्छ । यति ठूलो अनुदान हामीले कहाँ पाउने ?  एउटा मेलम्ची बनाउन नसक्नेले, काठमाडौंका सडक बनाउन नसक्नेले ठूला कुरा गरेर हुन्छ ?

हेर्नुहोस्, अनुदान वा सहयोग सबैको लिनु पर्छ । भारतले दिएको अनुदान पनि लिनुपर्छ, चीनले दिएपनि लिनुपर्छ, अमेरिकाले दिएको सहयोग पनि लिएर देशको विकास गर्ने हो । चिनियाँ राजदूतले समेत सहयोग रकम कुनै सैन्य एलाइन्ससँग जोडिएको हुँदैन भने अनुदान लिनुपर्छ भनेर भनिसकेकी छन् । यस्ता कुराहरुमा ठूला कुरा गर्नभन्दा देशलाई फाइदा हुने काम गर्नुपर्यो‍ ।

स्वाभिमान कहाँ छ र ? विदेशीहरुसँग साँझ बसेर खाजा खानेहरु, चुनावमा दूतावासबाट पैसा नलिइकन नबस्नेहरु, मन्त्री पद खोज्नका लागि दूतावास जानेहरु सार्वभौमिकताका कुरा गर्ने ? सार्वभौम त यीनीहरुले बाँडिसके ।

सुन काण्ड, वाइड बडी काण्ड, गोकर्ण रिसोर्ट काण्डजस्ता भ्रष्टाचारका कुराहरु बाहिर आइरहेका छन्, प्रतिपक्षी दलले समेत केही गर्न सकेको छैन, यो के भएको ?

देशभित्र यति ठूलो भ्रष्टाचार छ । प्रधानमन्त्री विरामी हुनुहुन्छ । विहानको समाचार भ्रष्टाचार, दुर्घटनाका समाचारबाट शुरु हुन्छ । चिन्तनशिल मानिसको दिमाग यसैमा घुमेको छ । नेपाली जनताले कम्युनिष्टलाई बहुमत मत त दिएका छन्, यातना, दुःख सहेका केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ ।

यदि यही भ्रष्टहरुसँग, यही एनजीओसँग निस्कन सक्नुभयो भने देशले निकास पाउँछ । यदी यसैमा रुमल्लीयो भने भारतको बंगाल जस्तो हुन्छ । यति ठुला भ्रष्टाचार काण्ड नेपालमा कहिलै पनि भएका थिएनन्। यति, सुन, विमान जताजतै भ्रष्टाचारका विषयमा कांग्रेसले संसदमा आवाज उठाउन सकेन । त्यो कांग्रेस नेतृत्वको कमजोरी हो । सभापतिजीले संसदमा उभिएर कारबाही गर भन्नु भएको छ । सिमाना मिचिएको विषयमा पनि सभापतिजीले भारतले नेपालले पाकिस्तान बनाइदिने कुरा कुनै हालतमा हुँदैन भनेर भन्नुभएको छ । उहाँ उपगुटमा रमाएका कारण कमजोर भयो । पार्टीभित्र बहुमतका आधारमा निर्णय गर्ने अनि सरकारले बहुमतका आधारमा निर्णय गर्दा के भन्ने ।

यदि यो सरकारले जे पनि गर्ने, यस्तै काण्डहरु गर्ने हो भने यो सरकारपछि आउने जुनसुकै सरकारले गलत निर्णय गर्ने र गलत निर्णय गराएर फाइदा लिने दुबैलाई क्षतिपुर्ति समेत लिने गरी कडाभन्दा कडा कारबाही गर्नेछ ।

कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व आगामी महाधिवेशनमा तपाई देख्नुहुन्छ ?

कम्युनिष्टहरुले सुझवुझपुर्ण तरिकाले सत्ता सञ्चालन नगर्ने र प्रतिपक्षले समेत जनतालाई गर्छ भन्ने आशा नगराउने हो भने अब प्रजातन्त्र दुर्घटनामा जानसक्छ । यो अबस्थालाई बुझेर कांग्रसभित्र अब नयाँ नेतृत्व, नयाँ बिचारसहितको खोज्नु आवश्यक छ । त्यसका लागि अब हुनै लागेको कांग्रेसको १४ औं महाधिवेशनमा गुट, उपगुट, भागबण्डा सबै तोड्नुपर्छ । लोभलाचलाई छाडेर अघि बढ्नुपर्छ ।

जसले नेपालमा वर्तमानमा उठेका आशंका, संकटको जवाफ दिनसक्छ । त्यसका लागि फरक दृष्टिकोणसहितका राष्ट्रवादी नेतृत्वको आवश्यकता छ । व्यक्तिको सुरक्षाले राष्ट्रको सुरक्षा हुनसक्दैन भन्ने कसार वर्तमानले दृखाएको छ । सिमित व्यक्तिको सम्पन्नताले जनता सम्पन्न हुँदैनन् भन्ने अबस्थाले पनि अहिलको समाजको चित्रण गरिसकेको छ । लाखौ सेना प्रहरी जम्मा पारेर आफनो वरिपरि राखी सिमानामा नपठाउने अहिलको नेतृत्वको प्रवृत्ति हो । जनताले विश्वास नगरी विदेशीको गुलामी गरी सत्ताको सुरक्षा खोज्ने अहिलेको नेताहरुको विश्वास हो ।

यसलाई आगामी महाधिवेशनबाट तोड्नुपर्छ । प्रतिपक्ष सक्षम भई सत्तापक्षलाई नियन्त्रण गर्न सकिदैन । त्यो नेतृत्व कांग्रेसको महाधिवेशनबाट ल्ल्याउनुपर्छ । त्यो आगामी महाधिवेशनबाट आउँछ ।

दार्शनिक फुकुयामाले भनेझै पुरस्कार र दण्ड जरिवानाको व्यवस्था गरिनेछ । कुनै पनि पदहरु बिक्रिमा राखिनेछैन, क्षमतावानले अवसर पाउनेछ, निमुखाले न्याय पाउनेछन् । यसको नेतृत्प कांग्रेसको नयाँ नेतृत्वले गर्नछ यही हाम्रो विश्वास हो ।


भर्खर

0