डा. गोबिन्द केसीलाई कोरोना पुष्टि | Khabarhub Khabarhub

डा. गोबिन्द केसीलाई कोरोना पुष्टि


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको शंका लागेपछि हिजो गरिएको पीसीआर परीक्षणमा आज रिपोर्ट पोजेटिभ आएको हो ।

डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

“केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भने, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।”

रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका अभियान्ता समेत रहेका डा. केसी केहीको थप स्वास्थ्य परीक्षणको काम भइरहेको छ।

उनको उपचारमा डा सुबास आचार्यको टोली खटिएको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ४८ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा