दिल्लीको वायुको गुणस्तर खस्कियो | Khabarhub Khabarhub

दिल्लीको वायुको गुणस्तर खस्कियो


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ ।

शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो ।

छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०, नोएडामा ३३१, ग्रेटर नोएडामा ३२९ र गुडगाउँँमा ३२८ एक्युआई देखिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् ।

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : २९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ