सुनसरी, मकवानपुर र चितवनमा थप ४१४ जनामा संक्रमण | Khabarhub Khabarhub

सुनसरी, मकवानपुर र चितवनमा थप ४१४ जनामा संक्रमण


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन, मकवानपुर र सुनसरीमा गरी थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्याव र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।

प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका ७२ जना छन् । यस्तै नवलपुर र मकवानपुरका ५/५, काठमाडौं, भक्तपुर, नुवाकोट, काभ्रे,गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेका छन् ।

धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जना र ९३ जनाको बीपी प्रतिस्ठानमा गरिएको स्बाव परीक्षणका क्रममा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए ।

थप १ सय ९७ संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : २५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम