यूएईको शारजाहमा दुई नेपालीको हत्या | Khabarhub Khabarhub

यूएईको शारजाहमा दुई नेपालीको हत्या

मृतकको पहिचान हुन बाँकी



दोहा : यूएईमा शारजाहमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ ।

झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ ।

मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । यूएई प्रहरीले हत्या गरिएका नेपाली नागरिक को हुन् भन्ने बारे अहिलेसम्म पहिचान नखुलाए पनि उनीहरुको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।

शव अहिले पोस्टमाटमको लागि हस्पिटल लागिएको लगिएको छ । घटना अगस्ट ८ तारिखको दिन भएको प्रहरी जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : २१ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,