कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान, विश्वभर एकै दिन २ लाख ३० हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान, विश्वभर एकै दिन २ लाख ३० हजार संक्रमित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ ।

डब्ल्युएचओका अनुसार पछिल्लो २४ घण्टामा आइतबार एकै दिन विश्वभर २ लाख ३० हजार  ३० हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या एकै दिन संक्रमण भएको अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जना सम्मलाई संक्रमण पुष्टि भएको थियो ।

अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा संक्रमण तीव्र हुँदा दैनिक थपिने संक्रमितको संख्या धेरै भएको हो ।

आइतबार अमेरिका (उत्तर तथा दक्षिण) मा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, युरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।

आइतबार विश्वभर कोभिड–१९ बाट पाँच हजार २८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्ल्युएचओले जनाएको छ ।

डब्ल्युएचओले विश्वभर संक्रमितको संख्या एक करोड २९ लाख १० हजार भन्दा बढी पुगेको जनाए पनि कोरोना भाइरसकै तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले भने संक्रमितको संख्या १ करोड ३० लाख ४२ हजारभन्दा बढी पुगेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : २७ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति