अमिताभ बच्चनको परिवारका ४ जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमिताभ बच्चनको परिवारका ४ जनामा कोरोना भाइरसको संक्रमण


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा जया बच्चनबाहेक सबै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

परिवारका सबै जनाको परीक्षण गरिएकोमा शनिबार अमिताभ र छोरा अभिषेकमा संक्रमण पुष्टि भएकोमा आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो ।

अमिताभकी श्रीमती जया बच्चनलाई भने संक्रमण देखिएको छैन । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभको परिवारका चारजनामा कोरोना देखिएको छ । बलिउडका अभिनेता अमिताभ र अभिषेकले आफैंले सामाजिक सञ्जालमा लेखेर आफूहरूमा कोरोना देखिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ०३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार