संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस, मतदान प्रक्रिया शुरु | Khabarhub Khabarhub

संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस, मतदान प्रक्रिया शुरु


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरिसयोस् भन्ने प्रस्ताव माथि प्रतिनिधिसभामा मतदान शुरु भएको छ ।

मतदानका शुरुहुनुपूर्व ५ मिनेटको विभाजन घण्टी बजाइएको छ। यो समयमा संसद बैठकमा नभएका तर बाहिर रहेका सांसदहरू बैठकमा जानेछन् । घण्टी बजेर सकिएपछि संसद बैठकका सबै ढोका बन्द गरिएका छन् । तत्पश्चात मतदान शुरु गरिएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् ।

उक्त विधेयकमाथिको दफावार छलफल सकिएको छ । छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएका छन् । उक्त विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेको छ ।

लिखित रूपमा मतविभाजन भएपछि सभामुखले उक्त मतविभाजनको परिणाम सुनाउनेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ५ : १६ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु