कोरोना संक्रमणको जोखिम युवाहरूमा पनि उच्च भएको डब्ल्युएचओको ठहर « Khabarhub

कोरोना संक्रमणको जोखिम युवाहरूमा पनि उच्च भएको डब्ल्युएचओको ठहर


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरस कोभिड-१९ बाट पछिल्लो समय महिला, बालबालिका र युवाहरुमा पनि जोखिम उच्च भएको ठहर गरेको छ ।

विकासशील र अल्पविकसित मुलुकहरूमा कोभिड-१९ बाट कम उमेरका युवा, महिला र बालबालिकाहरु बढी प्रताडित देखिएको भन्दै डब्ल्युएचओले सचेत हुन आग्रह गरेको छ ।

कोरोना संक्रमण भएर मृत्यु भएकामध्ये झण्डै २५ प्रतिशत ५० वर्षभन्दा कमका र ६० वर्षभन्दा माथिको उमेर समूहका संक्रमित मध्ये ४५ प्रतिशतको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्दै डब्ल्युएचओले युवाहरूलाई सचेत रहन आग्रह गरेको हो ।

यसअघि ५० बर्ष भन्दा माथिका उमेर समूहमा बढी सक्रिय देखिएको भाइरसबाट संक्रमित र मृत्यु हुनेमा धेरै ७० बर्ष उमेर माथिका थिए ।

डब्ल्युएचओका प्रमुख डा. थेडरोस एडहानोम गेब्रियससले महामारीबाट मृत्युवरण गरेको संख्याले भन्दा त्यसपछिको अवस्थाले यी समूहमा अझ ठूलो समस्या र संकट ल्याउनेतर्फ सचेत रहनुपर्ने बताए ।

स्वास्थ्य संकटको घडीमा पर्याप्त सुविधा पुर्‍याउन नसक्दा विशेषगरी गर्भवती, सुत्केरी र नवजात शिशु झनै जोखिममा रहेको प्रमुख गेब्रियससले बताए ।

जेनेभामा भएको कार्यक्रममा संगठनका आकस्मिक स्वास्थ्य विभाग प्रमुख डाक्टर माइकल रायनले लकडाउन खुकुलो बनाउने नाममा धेरै देशहरुमा भौतिक दूरीलाई वेवास्ता गरिएका कारण निर्मूल भइसकेका देशमा समेत पुनः संक्रमण देखिएको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : २१ बजे

महोत्तरीका सबै पालिकाको मतगणना सकियो

जलेश्वर- महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ ।

मामाघर जाने क्रममा ढुङ्गाले लागेर एक बालकको मृत्यु

जाजरकोट- बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

चन्द्रौटा- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा

भरतपुरमा एक लाख मतगणना पुग्न लाग्दा ८७५६ मतले रेनुको अग्रता

चितवन– भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेनु दाहालको जित सुनिश्चित