रक्तदान नहुँदा प्युठानमा रगत अभाव | Khabarhub Khabarhub

रक्तदान नहुँदा प्युठानमा रगत अभाव


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान – प्युठानमा रगत अभाव भएको छ ।

लकडाउनका समयमा विभिन्न संघसंस्थाले गर्दै आएको रक्तदानमा कमी आएपछि नेपाल रेडक्रस सोसाइटीद्वारा बिजुवारमा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको हो ।

लकडाउनका समयमा रगत कम खपत भए पनि रक्तदान गर्ने कम भएपछि अभाव भएको केन्द्रले जनाएको छ ।

यसअघि मासिक रुपमा ३० देखि ४० युनिटसम्म रगत खपत हुँदै आएकामा अहिले लकडाउनका समयमा मासिक १५ देखि २० युनिट मात्र रगत खपत हुने गरेको भए पनि अभाव भएको केन्द्रका इञ्चार्ज सन्तोष अधिकारीले बताए ।

सोसाइटीले रक्तदान गर्न र रक्तदानको शिविर बढाउन विभिन्न संघसस्था तथा व्यक्तिलाई आह्वान गर्दै आएको छ ।

अहिले विपद्का समयमा रक्ताभाव हुन नदिन स्वयंसेवी रक्तदाता समाज र लायन्स क्लब अफ प्युठानले केन्द्रको समन्वयमा रगत संकलन गर्दै आएका छन् ।

लकडाउन अवधिभर विभिन्न क्षेत्रका ४८ व्यक्तिले रक्तदान गरेको रक्तसञ्चार सेवा केन्द्रका इञ्चार्ज अधिकारीले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ०४ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि