कोरोनाभाइरस महामारी नसकिएसम्म तलब नलिने प्रधानमन्त्री ओलीको घोषणा | Khabarhub Khabarhub

कोरोनाभाइरस महामारी नसकिएसम्म तलब नलिने प्रधानमन्त्री ओलीको घोषणा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड १९) को महामारी समाप्त नभएसम्म आफूले तलब नलिने घोषणा गरेका छन् ।

नयाँ वर्ष २०७७ को शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको युद्ध बलियो एकतामा आपसी सहयोग र समझदारीबाट जित्न सकिने बताएका छन् ।

आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ हाम्रो परम्परा पनि भएको बताउँदै प्रधानमन्त्री ओलीले आफू देशको कार्यकारी भएका कारण प्रधानमन्त्रीको रुपमा पाउने तलव नलिने घोषणा गरेका हुन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।’

नयाँ वर्षको उपलक्षमा प्रधानमन्त्री ओलीले लामो सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ । आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।’

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ०४ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा