चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन९५ मास्क, ५०० थान पिपिइ तथा थर्मामिटर, भेन्टिलेटरलगायत करिब रु एक करोड आठ लाख बराबरका सहयोग सामग्री उपलब्ध गराएको हो ।

नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सो सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झाले जानकारी दिए ।

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो ।

त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो । उक्त सोसाइटीका अध्यक्ष प्रा डा झाले ती सामग्रीहरु चीनमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई प्राप्त हुने जानकारी दिँदै चीनमा भाइरसको प्रकोप बढेका बेला नेपालले मास्कलगायत सहयोग सामग्री उपलब्ध गराउँदा चीन सरकार निकै खुशी भएको प्रसङ्ग उल्लेख गरे ।

यी सामग्रीहरु पर्याप्त नभए पनि यतिखेर कोरोना भाइरसको सम्भावित सङ्क्रमणका विरुद्ध लडिरहेको नेपालका लागि थोरै भए पनि सहयोग सिद्ध हुने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ३२ बजे

पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ– सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा

हेटौँडा–काठमाडौँ छोटो दूरीको सडक निर्माण सुरु

काठमाडौँ– मकवानपुरको हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक

चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु

काठमाडौँ– दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार

पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने

तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट