श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने | Khabarhub Khabarhub

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ ।

विश्वव्यापी रुपमा कोरोनाको प्रभाव फैलिएसँगै नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ ।

बिहीबार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेलसम्म श्रम स्वीकृति रोकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

नेपालको मुख्य श्रम गन्तव्य कतार, शाउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेसँगै बिहीवार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बैठकले यस्तो निर्णय गरेको हो ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म लागि यस अघि नै स्थगित गरिएको छ ।

यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दूमा आईपुग्ने मितिभन्दा एकसाताभित्र स्वास्थ्य जाँच रिपोर्ट अध्यागम कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

४ मार्च अर्थात् शनिवारदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवसीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो ।

कोरोनाको संक्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यस्तै कुवेतका लागि पनि भिसा दिन बन्द गरिसकेको छ ।

भारतले पनि आफ्नो देश प्रवेश गर्नेहरुमाथि रोक लगाएको छ भने प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : ५५ बजे

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले