कोरोना यो पुस्ताकै खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री बोरिस | Khabarhub Khabarhub

कोरोना यो पुस्ताकै खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री बोरिस


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसलाई अहिलेको पुस्ताकै सबैभन्दा खराब स्वास्थ्य संकट भएको बताएका छन् ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न विशेष कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री बोरिसले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘यसबाट बच्नका लागि ठूलो कदम उठाउनुपर्ने बेला आएको छ ।’

प्रधानमन्त्री बोरिसले भने, ‘सरकारी स्वास्थ्य सेवा एनएचएस यतिबेला दबाब झेलिरहेको छ र मानिसहरुलाई सल्लाह दिइएको छ कि जसलाई ज्वरो आएको छ, लगातार खोकी लागिरहेको छ उनीहरुले सात दिनका लागि आफूलाई अरु व्यक्तिको सम्पर्क भन्दा टाढा राखुन् ।’

बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १० जनाको मृत्यु भइसकेको छ । ५ सय ९० जना संक्रमित छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : २४ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७