चीनद्वारा हङकङ र मकाउ मामिलाका निर्देशक फेरबदल | Khabarhub Khabarhub

चीनद्वारा हङकङ र मकाउ मामिलाका निर्देशक फेरबदल


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले हङकङ र मकाउ मामिलाका लागि चिनियाँ कार्यालयका निर्देशक फेरबदल गरेको छ । हङकङमा ७ महिना लामो चीन सरकारविरोधी हिंसात्मक प्रदर्शन शान्त भएजस्तो देखिएको केही समयलगत्तै चीन सरकारले हङकङ र मकाउ मामिला कार्यालयका निर्देशक झाङ शियाओमिङलाई हटाएको हो ।

उनको स्थानमा चीनको जन राजनीतिक परामर्शदाता सम्मेलनका उपाध्यक्ष शिया बाओलोङलाई नियुक्त गरिएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हङकङ र मकाउ मामिला कार्यालयको निर्देशकबाट हटाइए पनि झाङले कार्यालयको उपनिर्देशकको रुपमा दैनिक प्रशासनिक गतिविधिलाई निरन्तरता दिने सिन्ह्वाले जनाएको छ ।

यसअघि जनवरी महिनामा चीनले हङकङको सम्पर्क कार्यालयका प्रमुखलाई पनि बर्खास्त गरेको थियो । शिया चिनियाँ राष्ट्रपति सी चिनफिङका निकटस्थ मानिन्छन् ।

उनले हङकङमा पनि चीन सरकारको अधिक नियन्त्रण हुनुपर्ने विचारधारा राख्ने गरेको बताइन्छ । चीन सरकारको पछिल्लो निर्णय हङकङलाई चीनको अधिक नियन्त्रणमा राख्नका लागि लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  २ : ३३ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको