ए डिभिजन लिग फुटबलः च्यासल र एपीएफले अंक बाँडे | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः च्यासल र एपीएफले अंक बाँडे


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले गोल रहित बराबरी खेलेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपालका अनुभवी फरवार्ड सन्तोष साहुखलले च्यासलको अग्रपङ्ति सम्हाले पनि गोल गर्न भने सकेनन् ।

च्यासलसँग रक्षात्मक खेलेको एपीएफले पटक–पटक पाएको गोल अवसरको सदुपयोग गर्न नसक्दा १ अंक पाएको छ । तर, एपीएफका डिफेन्डर राजन गुरुङ आजको खेलमा म्यान अफ दि म्याच घोषित भए । उनले च्यासलको अग्रपङ्तिलाई रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

लिगमा समान एक–एक खेलमा जीत हात पारेका यी दुई टोली क्रमशः १० औं र ११ औं स्थानमा रहेको छ । च्यासल ६ अंकसहित १० औं स्थानमा छ भने एपीएफ ५ अंकसहित ११ औं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । उक्त खेल १–० को बराबरी सकिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : ५९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड