‘प्रहरी इन्काउन्टर’को नालीबेली: लुटेरादेखि 'गुण्डा' नाइकेसँगको मुठभेड ! | Khabarhub Khabarhub

‘प्रहरी इन्काउन्टर’को नालीबेली: लुटेरादेखि ‘गुण्डा’ नाइकेसँगको मुठभेड !

दुई वर्षका ११ घटनामा ४ जना मारिए



काठमाडौं- नेपालमा प्रहरीको इन्काउन्टमा थुप्रै व्यक्तिको मृत्यु भइसकेको छ । कयौं मान्छे घाइते बनेका छन् । इन्काउन्टरमा पर्नेहरु विशेष गरी गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बढी छन् । केही घटनामा आपराधिक क्रियाकलाप गरेर फरार रहेकाहरु पनि छन् ।

आइतबार साँझ मात्र काठमाडौंको बौद्धस्थित जम्बुडाँडामा प्रहरी–गुण्डा मुठभेड भयो । प्रहरीको खोजी सूचीमा रहेका सिन्धुपाल्चोकका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा मुठभेड भएको हो ।

मुठभेडका क्रमामा प्रहरीको गोली लागि उनि घाइते बने । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंह भन्छन्– ‘सूचनाको आधारमा तामाङको खोजीमा जुटेको प्रहरीमाथि तामाङले आक्रमण गर्न खोजेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गर्दा उनी घाइते बनेका हुन् ।’

तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले दाबी गरेपनि उनले भने प्रहरीले घरमा समातेर योजनाबद्ध रुपमा जम्बुडाँडा लगेर गोली हानेको दाबी गरेका छन् । गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, २०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि उनीमाथि छ ।

प्रहरी इन्काउन्टरको यो घटना त पछिल्लो उदाहारण मात्र हो । यसअघि पनि समाजमा आतंक मच्चाएर गुन्डागर्दी गर्नेहरु थुप्रै प्रहरीको टार्गेटमा परिसकेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो दुई बर्षको अवधिमा ११ वटा इन्काउन्टरका घटना भएका छन् । ती घटनामा चार जनाको मृत्यु भयो भने ८ जना घाइते बने ।

प्रहरी इन्टकाउन्टरको श्रृंखला

–२०७६ पुस २७ गते, काठमाडौंको बौद्धमा इन्काउन्टर, गुण्डानाइके विष्णु तामाङ घाइते
– २०७६ साउन २४ गते, काठमाडौंको विजेश्वरीमा इन्काउन्टर, लुटेर मिलन लामा घाइते
– २०७६ जेठ ६ गते, काठमाडौंको टोखाका इन्काउन्टर, डाका विष्णु तामाङ घाइते
–२०७५ माघ ९ गते, सम्तरीमा इन्काउन्टर, मोष्ट वान्टेड दीपेन्द्र जैसवालको मृत्यु
–२०७५ माघ ८ गते,काठमाडौंको नयाँ वसपार्कमा इन्काउन्टर, अभिलास तामाङ घाइते
–२०७५ माघ ४ गते, सिराहामा इन्काउन्टर, मोष्ट वान्टेड प्रमोद यादव घाइते
–२०७५ पुस २९ गते, रुपन्देहीमा इन्काउन्टर, केदार साहनीको मृत्यु
– २०७५ मंसिर २१ गते, काठमाडौंको रातोपुलमा इन्काउन्टर, कुख्यात डाका राजन लिम्बु घाइते
–२०७५ साउन २१ गते, भक्तपुरको घ्याम्पेडाँडामा प्रहरी इन्काउन्टर, दुई जनाको मृत्यु
–२०७५ असार ७ गते, काठमाडौंको मुलपानीमा इन्काउन्टर, कुख्यात लुटेरा ‘खुँडे’ भनिने अमरबहादुर तामाङ घाइते
–२०७५ जेठ २८ गते, काठमाडौंको शंखमुलमा इन्काउन्टर, गुन्डा नाइके अशोक लामा घाइते

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार अहिलेसम्म समाजमा आतंक फैलाउने, रकम असुली गर्ने, डर–धम्की दिएर समाजमा त्रास फैलाउने व्यक्तिमात्र प्रहरी मुठमेडमा परेका छन् ।

‘अहिलेसम्मको उदाहरण हेर्दा प्रहरी इन्काउन्टरमा सामान्य लुटेर, गुन्डा नाइकेदेखि अपहरणकारी सम्म परेका छन् ।’, डीआईजी पोखरेलले भने,‘प्रहरीले टार्गेट गरेका गुन्डा नाइकेहरुको पृष्ठभूमी कुनै न कुनै राजनीतिक दलका नेताहरुको छत्रछायाँमा रुमलिएको देखिन्छ । तर, पनि यीनिहरुलाई राजनीतिको आशिर्वादले जोगाउन भने सकेको छैन ।’

राजनीतिक आडमा गुण्डागर्दी मौलाइरहेको अवस्थामा एमाले निकट गुन्डा नाइके चरी र काँग्रेस निकट गुन्डा नाइके कुमार घैंटे मारिएपछि असुरक्षित महशुस गर्दै गुन्डाहरुको  भागाभाग मच्चिएको थियो ।

प्रहरीका अनुसार विगतमा नाम कहलिएका गुण्डाहरु धेरै थिए । तर अहिले त्यो संख्या निकै कम भएको छ । प्रहरीले गुण्डागर्दी रोकिएको दाबी गरेपनि गोप्य रुपमा गुन्डागर्दी भने मौलाइरहेको नै रहेको छ । त्यस्ता गुन्डाहरु विशेषगरी ठेक्का–पट्टा हत्याउने, ढुंगाखानी, क्रसर, बालुवाखानी लगायतबाट रकम असुली गर्ने काममा संलग्न भएको पाइएको छ ।

यस्तो छ प्रहरी इन्काउन्टरको इतिहास

नेपालमा इन्काउन्टरको घटना कहिले र कसरी शुरु भयो भनेर ठ्याक्यै भन्न नसकिए पनि विशेष गरि प्रहरीले डाँका तह लगाउन इन्काउन्टर शुरु गरेको पाइन्छ ।

वि.सं. २०३० को दशकमा नेपालको तराई क्षेत्रमा डाँकाहरुको विगविगी हुन्थ्यो । यतिसम्मकी रुपन्देहीको मर्चवारवासी त घरमा भएका नगद, गहना राति जमिनमुनि, परालको कुन्यू अर्थात कुनै स्थानमा लुकाएर सुत्थे र बिहान घरभित्र राख्ने गर्दथे ।

२०३८ सालमा तत्कालीन अच्युतकृष्ण खरेल रुपन्देहीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर गएका थिए । त्यो सयमा स्थानीय डाँका समूहलाई सीमापारि मात्र डकैती गर्ने सर्तमा संरक्षण दिइएको थियो । डाँकाहरुको त्यो धन्दा तोड्न प्रहरीले विशेष अभियान थालेको थियो । सोही अभियान अन्तर्गत धमाधम डाँकाहरुको इन्काउन्टर गर्न थालिएको हो ।

सो अभियानमा ११ जना डाँका मारिएपछि मर्चवार क्षेत्रका बासिन्दाले राहत महशुस गरेका थिए । त्यसपछि २०६२÷६३ सालमा सीमापारिका अपराधीबाट अपहरण, हत्या, बलात्कार जस्ता घटना बढ्न थालेपछि पर्सामा स्थानीयले नै इन्काउन्टरको माग गरेका थिए ।

‘आपराधिक गतिविधिमा संलग्नहरु प्रहरीमाथि नै आक्रमण गर्न तम्सिन्छन् भने जवाफी कारबाही गर्नु नौलो होइन, यस क्रममा कसैको मृत्यु हुनपनि सक्छ ।’, पूर्वएआईजी जयबहादुर चन्दले भने, ‘इन्काउन्टरका नाममा रिसइवी साँधेर हत्या गर्न चाहिं मिल्दैन । यो विषयमा घटनाको नेतृत्व गर्ने अधिकारी पनि सचेत बन्नुपर्छ ।’

सोही समयमा पर्साका प्रहरी प्रमुखको जिम्मेवारी लिएर पुगेका रमेश फुयाँलले दुई जनाको इन्काउन्टर गरे । त्यसपछिका प्रमुख भएर गएका जयबहादुर चन्दले दुई वटा घटनामा ५ जनाको इन्काउन्टर गरे । उनीपछि त्यहाँ पुगेका प्रमुखले पनि ६ जनाको इन्काउन्टर गरेका थिए । निरन्तरका यी इन्काउन्टका घटनापछि सो क्षेत्रमा छिटपुट घटना बाहेका डाँकाहरुको बिगविगी शान्त भएको थियो ।

तराईमा सशस्त्र समूहको सफायाका क्रममा मात्र २ सय ८१ जना इन्काउन्टरमा मारिएको प्रहरीको तथ्यांकले देखाएको छ । २०४६ सालको प्रजातन्त्र पुनःस्थापना पछि माफिया शैली मौलाएको मानिन्छ ।

त्यसयता राजनीतिको आवरणमा गुण्डागर्दी गर्न सजिलो भयो र राजनीतिक संरक्षण पनि प्राप्त हुन थाल्यो । राजनीतिक आडमा गुण्डागर्दी मौलाइरहेको अवस्थामा एमाले निकट गुन्डा नाइके चरी र काँग्रेस निकट गुन्डा नाइके कुमार घैंटे मारिएपछि असुरक्षित महशुस गर्दै गुन्डाहरुको  भागाभाग मच्चिएको थियो । गुन्डा नाइके इन्काउन्टर श्रृंखला रोकिएको छैन । यस्ता घटनाले गुन्डाहरु तितरवितर हुन थालेका छन् ।

के भन्छन् विज्ञ ?

नेपाल प्रहरी संगठनबाट भएको इन्काउन्टर घटनामा पटक–पटक नेतृत्व गरेका पूर्वएआईजी जयबहादुर चन्द भन्छन्– ‘इन्काउन्टर गर्ने होइन, हुने कुरा हो । फरार सूची अर्थात कुनै आपराधिक गतिविधि गरेका व्यक्तिको खोजीमा हिडेको प्रहरी माथि कसैले आक्रमण गर्छ भने जवाफी फायर गर्नु स्वभाविक हो ।’

उनले त्यस्ता आपराधिक पृष्ठभूमिका व्यक्तिहरुलाई सकेसम्म घुँडामुनी फायर गरेर नियन्त्रणमा लिनुपर्ने बताए ।

‘आपराधिक गतिविधिमा संलग्नहरु प्रहरीमाथि नै आक्रमण गर्न तम्सिन्छन् भने जवाफी कारबाही गर्नु नौलो होइन, यस क्रममा कसैको मृत्यु हुनपनि सक्छ ।’, पूर्वएआईजी चन्दले भने, ‘इन्काउन्टरका नाममा रिसइवी साँधेर हत्या गर्न चाहिं मिल्दैन । यो विषयमा घटनाको नेतृत्व गर्ने अधिकारी पनि सचेत बन्नुपर्छ ।’

कतिपय इन्काउन्टरका घटनामा प्रहरीको कमजोरी समेत देखिने गरेको पूर्वडीआईजी हेमन्त मल्लले बताए । उनले भने, ‘पहिले पक्राउ गर्ने अनि गोली हान्ने र इन्काउन्टर भन्ने, अझ भनौं गैरन्यायिक हत्या गर्नु चाहिं कदापी हुँदैन ।’

उनले कुनै व्यक्ति गोली गट्ठा सहित आइलाग्यो भने जवाफी कारवाहीमा उत्रनु स्वभाविक हुने बताए । यस्ता कुरामा घटनास्थलमा खटिने प्रहरीदेखि नेतृत्वसम्म जिम्मेवार बन्न सक्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ०८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम