शुक्लाफाँटा नगरपालिका३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै ।
काठमाडौँ– देशभर चिसो बढ्दै गएको छ । तुलनात्मक रुपमा दिउँसो चिसो कम भएपनि बिहान बेलुका धेरै चिसो हुन थालेको छ ।
यो जाडोका बापजुत पनि किसान आआफ्नो काममा व्यस्त छन् । अहिले धेरै किसानले व्यावसायिक खेती गरेका छन् । उनीहरु कोही फसल उठाउने, बेच्ने तथा रेखदेख गर्ने काममा खटिएका छन् ।
किसानको दैनिकी झल्कने केही तस्वीर हेर्नुहोस्
दाङको तुलसीपुर उपमहानगरपालिका१९ छिल्लीकोटमा सुगन्ध कोकिला (मल्लागिरी) सुकाउँदै गरेका स्थानीयवासी । नेपालको छिल्लीकोटमा मात्र सुगन्ध कोकिला मल्लागिरी खेती गरिन्छ ।पोखराको मुस्ताङचोकमा मुस्ताङको उवा केलाउँदै महिला । पोखरामा उवा प्रतिकेजी रु २००मा बिक्री गरिँदै आइएको छ ।कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो च्याउको बीउ तथा आवश्यक सामग्री राखेर तयारी गर्दै यहाँका कर्मचारीहरु । यस च्याउ १८ देखि २० दिनमा तयार हुनेछ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो धानको पराललाई मास्पीकरण गर्दै कार्यालयका कर्मचारी ।तनहुँको देवघाट गाउँपालिकास्थित छिपछिपेमा लटरम्म फलेका सुन्तला । जिल्लाका विभिन्न ठाउँमा कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गर्छन ।तनहुँको देवघाट गाउँपालिकास्थित छिपछिपेमा लटरम्म फलेका सुन्तला । जिल्लाका विभिन्न ठाउँमा कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गर्छन ।शुक्लाफाँटा नगरपालिका३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै ।तनहुँको व्यासनगरपालिका३ भतेरीस्थित मादीनदी किनारमा गरिएको व्यावसायिक तरकारी खेती । मादीनदीले बर्सेनि यस क्षेत्रको भाग कटान गर्दैछ ।पाटनबाट टिपेर ल्याएको सेतो चिनी जडिबुटी सङ्कलन गर्दै जुम्लाका स्थानीय । यो वर्ष कोभिड१९ कारणले बजार बन्द भएपछि जडिबुटी बिक्री नभएको स्थानीय व्यापारी पदम महाताराले बताए ।