फिफा सर्वोत्कृष्ट खेलाडीको मनोनयनमा मेस्सी, रोनाल्डो र लेवान्डोस्की | Khabarhub Khabarhub

फिफा सर्वोत्कृष्ट खेलाडीको मनोनयनमा मेस्सी, रोनाल्डो र लेवान्डोस्की


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन् ।

युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।

रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायमै राखेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : १५ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्