बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन | Khabarhub Khabarhub

बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो  ।

बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार  उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यसबारेमा अन्य विवरण भने दिइएको छैन ।

लामो समय प्रधानमन्त्री पदमा रहेका शेख खलिफाको निधनपछि बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

बहराइनका राजाले खलिफा बिन सलमान अल खलिफाको निधनमा शोक जनाउँदै एक हप्तासम्म आधा झण्डा झुकाउने घोषणा गरेका छन् ।

अमेरिकाबाट शव आएपछि सीमित आफन्तका बीच उनको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ४ : ३६ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक