नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती « Khabarhub

नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती

धाकधम्की र अनुचित प्रभावमा नपर्ने प्रतिबद्धता


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।

नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउन नेपाली कांग्रेसका नेता शाही मुख्यरूपमा लागि परेको आरोप लगाउँदै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले मंगलबार रिपोर्ट प्रकाशित गरेपछि उनले विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएका हुन् ।

नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको पनि उनले बताएका छन् ।

‘नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छाँयामा पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीन सरकारले लगाएको सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु, शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक इञ्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिन्छु ।’

चीनले लोलुङ्गजोङ्ग क्षेत्रमा मात्र नभइ अन्य क्षेत्रमासमेत नेपाली भूमि अतिक्रमण गरेको प्रमाणहरू काल्पनिक नभइ तथ्यगत रहेको शाहीले बताएका छन् ।

अन्तर्राष्ट्रिय सीमा सम्बन्धी प्रोटोकल बिपरित चीनले हिल्सास्थित सीमा रेखा (दश गजा क्षेत्र)मा रहेको ९(२) नम्बरको सीमा स्तम्भको बीच भागमा फलामे गेट र तारबार गरी छेउमा नै आर्मी क्याम खडा गरेको उनको दाबी छ ।

स्थलगत अवलोकनका क्रममा हिल्सा क्षेत्रभन्दा केही टाढा किट क्षेत्रमा रहेका नेपाली सीमा स्तम्भहरू ५(१),५(२) र ६(१)लाई तारबार गरी आफ्नो भूगोल भित्र पारेको, किट क्षेत्रमा रहेको मितेरी पुलवाट करिव ५०० मिटर नेपाली भूगोलमा बाटो निर्माण गरी नेपाली भूभाग प्रयोग गर्दै आएको पनि प्रमाण भेटिएको उनले बताएका छन् ।

चीनले सीमा मिचेको ध्यानाकर्षण गरेको १ महिना बित्दासमेत नेपाल सरकारबाट बेवास्ता हुनु र चीनबाट धम्कीपूर्ण भाषा प्रयोग हुनु सरकारको आत्मसमर्णवादी चरित्र भएको उनले टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘चीन सरकारवाट कुटनीतिक मर्यादा विपरित यस्ता धम्कीपूर्ण भाषा प्रयोग हुनुले नेपाल सरकारको आत्मसमर्पणवादी चरित्र र छिमेकी चीनको मिचाह तथा विस्तारवादी प्रवृत्तिको उजागर भएको छ ।’

आफू हुम्लाको जिम्मेवार जनप्रतिनिधी भएकाले भूमी रक्षाका लागि कुनै किसिमको धाक, धम्की र अनुचित प्रभावमा नपरी अटुट रूपमा लागी पर्ने पनि शाहीले प्रतिवद्दता जनाएका छन् ।

शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भनिएको स्थानको भ्रमण गरेर प्रतिवेदन नै पार्टी कार्यालयमा बुझाएको थियो ।

शाहीले जारी गरेको विज्ञप्ति

चीन सरकारको मुख पत्र ग्लोबल टाइम्स पत्रिकालाइ उद्धृत गर्दै ‘कांग्रेस सहितका शक्तिले नेपाल र चीन सीमा विवादको आधारहीन हल्ला फैल्याए’ भन्ने शीर्षकमा म र म आवद्द संस्था नेपाली कांग्रेस पार्टीलाइ जोडेर प्रकाशित भएको समचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाल र चीन विच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरिक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवं विश्लेशण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाइ छाँयामा पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रीका मार्फत चीन सरकारले लगाएका सम्पुर्ण मिथ्या आरोपलाइ खारेज गर्दछु र एक इन्च पनि नेपाली भूमी नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाइ चुनौती दिन्छु।

सीमा स्थलको स्थलगत निरिक्षणवाट छिमेकी चीनले लोलुङ्गजोङ्ग क्षेत्रमा मात्र नभइ अन्य सिमा क्षेत्रमा समेत नेपाली भूमि अतिक्रमण गरेको प्रमाणहरू काल्पनिक नभइ तथ्यगत रहेका छन् ।अन्तराष्ट्रिय सीमा सम्बन्धी प्रोटोकल बिपरित चीनले हिल्सा स्थित सीमा रेखा (दश गजा क्षेत्र) मा रहेको ९(२) नं को सीमा स्तम्भको बिच भागमा फलामे गेट र तारबार गरी छेउमा नै आर्मी क्याम खडा गरेको,हिल्सा क्षेत्र भन्दा केही टाढा कीट क्षेत्रमा रहेका नेपाली सीमा स्तम्भहरू ५(१),५(२) र ६(१) लाइ तारबार गरी आफ्नो भूगोल भित्र पारेको,कीट क्षेत्रमा रहेको मितेरी पुलवाट करिव ५०० मिटर नेपाली भूगोलमा बाटो निर्माण गरी नेपाली भूभाग प्रयोग गर्दै आएका र स्थानीय नेपाली र नेपाली सीमा सुरक्षा बललाइ उक्त नेपाली क्षेत्रमा प्रवेश गर्न बन्देज लगाइएको,दुवै देशका प्रतिनिधीको रोहवरमा सीमा स्तम्भहरूको पुर्न निर्माण तथा मर्मत गर्नु पर्ने अन्तराष्ट्रिय सीमा कानूनको प्रतिकूल हुने गरी लिमीको लाप्चा भञ्जयांगमा रहेको १२ नं सीमा पिल्लरलाइ झण्डै ६ महिना पहिले एकतर्फि मर्मत संभार गरी उक्त सीमा स्तम्भको ओरन्टेसन परिवर्तन गरिएको, चीनले हाल निर्माण गरेका संरचना भएको क्षेत्र लोलोङ्गजोम क्षेत्रवाट करिव ३ किलो मिटर उत्तर पश्चिम गप्पुदोसा क्षेत्रमा रहेको पानी ढलोवाट २०६६ सालमा नेपाल सरकार,तत्कालिन जिल्ला विकास समिति हुम्लाले लोलुङ्गजोङ्ग हुँदै लिमी लाप्चा सडक निर्माण गरेको आदि तथ्यहरू चीनवाट नेपाली भूमी अतिक्रमण भएको बलियो प्रमाणका रूपमा रहेको सपष्ट पार्न चाहन्छु ।

नेपाली भूमि मिचिएका यी वास्तविक तथ्यहरूलाइ नजरअन्दाज गर्दै चीन सरकारवाट नयाँ निर्माण गरिएका संरचना क्षेत्र लोलुङ्गजोङ्गलाइ मात्र केन्द्रमा राखी चीन सरकारवाट आफ्नो मुखपत्र मार्फत स्वभिमानी नेपालीका आवाजहरूलाइ बन्द गर्ने नियतले धम्कीपूर्ण भाषामा नित्कृष्ट लाञ्छना र मिथ्या आरोप लगाएको प्रति निन्दा व्यक्त गर्दछु ।

नेपाल र चीन विच देखिएको सीमा विवाद सम्बन्धमा तथ्य र प्रमाणहरू सहित नेपाल सरकार,सम्माननीय प्रधानमन्त्रीको ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गरिएको १ महिनाको समयावधी वित्दा समेत सरकार कानमा तेल हालेर वस्नु र चीन सरकारवाट कुटनितिक मर्यादा विपरित यस्ता धम्कीपूर्ण भाषा प्रयोग हुनुले नेपाल सरकारको आत्मसमर्पणवादि चरित्र र छिमेकी चीनको मिचाह तथा विस्तारवादी प्रवृतिको उजागर भएकोछ भने थप रहष्यको आभाष मिलेकोछ। अत, नेपाल सरकारलाइ सीमा विवाद समधान सम्वन्धमा कुनै विलम्व नगरी हुम्ला जिल्ला नाम्खा गाँउपालिका लिमीको लोलुङ्गजोङ्ग क्षेत्रमा स्थानीय वासिन्दा तथा जनप्रतिनिधीको उपस्थितिमा सीमा विज्ञ,सुरक्षा निकाय,परराष्ट्रविदको विज्ञ टोली खटाइ सत्य तथ्य वाहिर ल्याउन र हुम्लाका अन्य क्षेत्रमा भएको अतिक्रमित भूमीलाइ फिर्ता गर्नका लागि चीन सरकारसंग कुटनितिक पहल गर्न माग गर्दछु।हुम्ला जिल्लाको जिम्मेवार जनप्रतिनिधीको नाताले आफ्नो भूमीको रक्षाका लागि कुनै किसिमको धाक,धम्की र अनुचित प्रभावमा नपरि अटुट रूपमा लागी पर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।साथै चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरेमा जस्तो सुकै सजाय भोग्न समेत तयार रहेको जानकारी गराउदै आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकार र सरोकार निकायलाइ निरन्तर दवाव सृजना गर्न र यस्ता मिथ्या एवं काल्पनिक समचारवाट कुनै भ्रममा नपर्न आम नेपाली समुदायलाइ अपिल गर्दछु ।

जयनेपाल ! ​​​​​​​​​​​​​

​​​​​​​​​जीवनबहादुर शाही

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १ : ०० बजे

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले