भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही « Khabarhub

भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको बताएका छन् ।

नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउ नेपाली कांग्रेससमेत मुछिएको भन्दै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले रिपोर्ट प्रकाशित गरेपछि नेता शाहीले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवं विश्लेषण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छाँयामा पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीन सरकारले लगाएको सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु, बुधबार विज्ञप्ति जारी गर्दै शाहीले भनेका छन्,’एक इञ्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिन्छु ।’

ग्लोबल टाइमस्ले चीनले सीमा मिचेको झूठो खबर फैलिनुमा नेपाली कांग्रेसको मुख्य हात रहेको दाबी गरेको छ । उक्त पत्रिकाले केही नेपाली विज्ञहरूलाई पनि उल्लेख गरेको छ । साथै, नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको संज्ञा दिएको छ ।

चीनको मुखपत्र भनेर चिनिने ग्लोबल टाइम्सले रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीशाहीलाई मुख्य आरोप लगाएपछि उनले विज्ञप्ति जारी गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेको फेरि पनि दोहोर्‍याएका छन् ।

शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर प्रतिवेदन नै पार्टी कार्यालयमा बुझाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा