पदाधिकारीमा कोरोना देखिएपछि क्यानको साधारणसभा स्थगित  | Khabarhub Khabarhub

पदाधिकारीमा कोरोना देखिएपछि क्यानको साधारणसभा स्थगित 


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा तत्कालका लागि स्थगित भएको छ । क्यानका पदाधिकारीमा कोरोना देखिएपछि साधारणसभा स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसअघि अक्टोेबर १५ भित्र साधारण सभा गरिसक्न भनेपछि क्यानले यहिँ २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

चितवनमा असोज पहिलो हप्ता बसेको क्यानको बोर्ड बैठकले साधारण सभा २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव असोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहिले साधारणसभा स्थगित भएको हो ।

क्यानले आईसीसीलाई माघ १५ भित्र साधारणसभा गरिसक्ने भन्दै पत्र काट्ने तयारी गरेको क्यान स्रोतले बताएको छ ।

‘यसअघि आईसीसीले अक्टोबर १५ भित्र गर्न भनेको थियो । तर, अहिले पदाधिकारीहरुलाई नै कोरोना देखिइसकेपछि पछि सार्न खोजिएको हो,’ क्यान स्रोतले भन्यो, ‘अब माघ १५ भित्र गरिसक्ने गरि तयारी थाल्ने क्यानले बताएको छ ।’

आईसीसीले एक वर्षभित्र वार्षिक साधारण सभा गर्नुपर्ने र त्यसमा पछिल्लो एक वर्षमा क्यानले गरेका कामदेखि अडिट रिर्पोटहरु सार्वजनिक गर्नुपर्ने म्यान्डेट राखेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : १९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा