पत्रकार बानियाँको निधनको छानविन गर्न पत्रकार महासंघको माग | Khabarhub Khabarhub

पत्रकार बानियाँको निधनको छानविन गर्न पत्रकार महासंघको माग


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढङ्गले निधन भएको भन्दै निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टको हस्ताक्षमा बुधबार जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघका पूर्वसचिव बानियाँको दुःखद् निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’

महासंघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र स्वर्गीय बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारका पक्षमा पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।’

तनहुँ स्थायी घर भएका पत्रकार बानियाँ साढे दुई दशकदेखि पत्रकारितामा थिए । उनी हाल कान्तिपुर दैनिकमा कार्यरत थिए । उनले नागरिक दैनिकमा पनि काम गरेका थिए ।

बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

सोमबार अपराह्न काठमाडौंको बल्खु क्षेत्रमा बागमती किनारमा हिँडिरेको एक व्यक्ति खोलामा परेको र प्रत्यक्षदर्शीले बचाउन खोज्दा असफल भएको प्रहरीले जनाएको छ । त्यहाँ हिलोमा भेटिएको एउटा जुत्ता बानियाँकै भएको पनि प्रहरीको भनाइ छ ।

सोमबार बिहानदेखि सम्पर्कविहीन भएका बानियाँको शव मंगलबार सिस्नेरीमा वागमती किनारमा भेटिएको थियो । प्रहरीका अनुसार शवको पहिचान भने बुधबार मात्रै भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ४५ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक