वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्तिपर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । साउन २६ (सोमवार) गते ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा फेला परेको हो ।

सोमवार बानियाँ घर जाने क्रममा बल्खु खोलाको पुलमुनितर्फ लागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बानियाँको शव भेटिएको पुष्टि गरे ।

सोमवारदेखि हराएका बानियाँको खोजी गरिदिन परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । खोजीका क्रममा बल्खुमा उनको जुत्ता फेला परेको थियो ।

स्थानीयका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा हिलोमा अड्किएको र खोलाको पानीमा लडेका थिए । पानीको बढ्दो बहाबले गर्दा स्थानीयले उद्धार गर्न खोज्दा पनि सफल भएका थिएनन् ।

प्रहरीले बानियाँ बल्खु खोलामा लडेको र उनको शव खोलाले बगाएर मकवानपुर पुर्‍याएको बताएको छ । उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : १९ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको