कोरोनाविरुद्धको रुसी भ्याक्सिनको माग ह्वात्तै बढ्यो | Khabarhub Khabarhub

कोरोनाविरुद्धको रुसी भ्याक्सिनको माग ह्वात्तै बढ्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ ।

रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन ।

ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसँग सम्झौता पनि भैसकेको छ ।

अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसँग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।”

भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गर्न भ्याए ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार भ्याक्सिनको असर दुई बर्षसम्म रहनेछ । अर्थात खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ ।

रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३९ बजे

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल