इलाममा भएको आगलागीको घटनाप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

इलाममा भएको आगलागीको घटनाप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार राति इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारेमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

इलाम क्षेत्र नं १ का सङ्घीय सांसद खनालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट क्षति पुगेकाहरुलाई तत्काल राहत जुटाउन र यथाशक्य सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता खनालले पीडित परिवारलाई तत्काल उचित बसोबासको व्यवस्थाका साथै राहतको प्रबन्ध मिलाउन स्थानीय तह र सरोकार निकायलाई अनुरोध गरेका छन् ।

यसैबीच माईजोगमाई गाउँपालिकाले पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने भएको छ । आगलागीबाट तीन घर जलेर पूर्ण नष्ट भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा