टाटा मोटर्सले ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्स अफ लभ’ आयोजना गर्दै | Khabarhub Khabarhub

टाटा मोटर्सले ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्स अफ लभ’ आयोजना गर्दै


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले ‘भ्यालेनटाइन डे’लाई लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्स अफ लभ’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

टाटा मोटर्सको थापाथलीस्थित सोरुममा बिहीबारदेखि तीन दिनसम्म यो कार्यक्रम आयोजना हुनेछ । यस अवधिभित्र सोरुममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारहरुले स्वागत गर्नेछ ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यस अवधिभित्र सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडिहरु खरिद गर्नुहुने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ गर्ने ग्राहकहरुलाई डाइमण्ड रिङ, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकलाई पनि आकर्षक उपहार प्रदान गर्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ०० बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति