कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना « Khabarhub

कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आशंकामा तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।

चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उनीहरूलाई आज टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरु तीन जनामा कोरोना भाइरस छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षणका लागि नमुना पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा २० जनामाथि कोरोना भाइरसको परीक्षण गरिएको र ती मध्य एकजनामा पोजेटिभ देखिएको बताए । कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कोरोनाको आशंका गरिएका बिरामी अस्पतालबाटै भागे !

यसैबीच कोरोना भाइरसको आशंका गरिएका एक साउदी अरेबियाका नागरिक टेकु अस्पतालबाट भागेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको आशंका गरिएका अरेबियन नागरिक अस्पतालबाटै भागेको स्वीकार गरे ।

‘एकजना साउदी अरेवियाका नागरिक चाइनाबाट नेपाल आएका रहेछन्, रुघाकोखी लागेपछि अस्पताल आउनुभयो, डाक्टरले कोरोनाको आशंका गरेर भर्ना गर्नुपर्ने भनेका थिए,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘उहाँले नेपाली पनि नबोल्ने, फारसी बोल्ने भएपछि अस्पतालमा भर्ना नै नभइ हिडे, उनी सम्पर्कमा नै छैनन् ।’

चीनबाट फर्किएकाले चिकित्सकहरुले कोरोना भाइरसको आशंका गरेका ती बिरामी अस्पतालबाटै भागेको ५ दिन भइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनको खोजी भइरहेको श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको आशंकामा अस्पताल आएका बिरामी भर्ना नै नभइ बेखबर हुनुमा अस्पतालको कमजोरी भएको प्रवक्ता श्रेष्ठले स्वीकार गरे ।

‘त्यहाँ गल्ती के भयो भने उनले फारेसी भाषामा बोल्यो राम्रोसँग कम्युनिकेसन नै हुन सकेन भर्ना हुनु पर्ने बिरामी सम्पर्क बिहीन भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रहरीलाई जानकारी दिएर ती व्यक्तिको खोजी गरिरहेका छौं तर, भेटाएको छैन, ती व्यक्ति बिरामी भएकाले कुनैपनि अस्पताल वा स्वास्थ्यसंस्थामा जानसक्ने भएकाले सबै अस्पताललाई पनि हामीले जानकारी गराएका छौं ।’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ४६ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक