प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या | Khabarhub Khabarhub

प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।

बाजुराको स्वामीकार्तिक नगरपालिका घर भएका हवल्दार कठायतले आइतबार बिहानतिर इलाका प्रहरी कार्यालयमै कञ्चटमा पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पामा दरबन्दी भएका हवल्दार कठायत २ महिना अगाडि मात्रै काज सरुवा भएर इलाका प्रहरी कार्यालय दल्ली आइपुगेका थिए ।

सामान्य रुपमै नियमित ड्युटी गरिरहेका हवल्दार कठायतले ड्युटीका समयमा प्रदान गरिने पेस्तोलबाटै कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार हवल्दारले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति नै गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरेम्ब पाण्डे नेतृत्वको टोलीले घटना भएको स्थान (इलाका प्रहरी कार्यालय दल्ली) पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : ४९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम