विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बीबीसीले जनाएको छ ।

सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएका थिए । सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्बिर च्यातेको बताइएको छ । विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन् ।

नाराबाजीका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामेनीतर्फ लक्षित गर्दै “मुख्य कमान्डर राजीनमा गर” र “झुटो बोल्नेहरूलाई मृत्यु” भन्दै नाराबाजी गरेका थिए ।

फार्सका अनुसार सडक अवरुद्ध पारेका प्रदर्शनकारीहरूलाई प्रहरीले ‘तितरबितर’ पारेको थियो । सामाजिक सञ्जालमा अश्रुग्याँस प्रहार गरिएको भिडिओ देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘प्रेरणादायी’ प्रदर्शनको समर्थन गर्दै ट्विट गरेका छन् । त्यसमा उनले भनेका छन् “इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।”

इरानले शनिवार “भुलवश” त्यो विमान खसालेको स्वीकार गरेको थियो । तीन दिन अघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए । युक्रेनी विमान किएभका लागि उडेको विमान उडेको केही समयमै खसालिएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुई वटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध हमला गरेको थियो।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ५० बजे

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो