'फोल्डिङ डिस्प्ले' भएका ल्यापटप सार्वजनिक (विशेषता सहित) | Khabarhub Khabarhub

‘फोल्डिङ डिस्प्ले’ भएका ल्यापटप सार्वजनिक (विशेषता सहित)


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रविधिको द्रुततर विकाससँगै फोल्डिङ डिस्प्ले भएको ल्यापटप समेत सार्वजनिक भएका छन् । ल्यापटप निर्माता कम्पनीले हालै भएको ‘विद्युतीय उपकरण मेला’मा फोल्डिङ डिस्प्ले भएका ल्यापटप सार्वजनिक गरेका हुन् ।

त्यसो त सवैभन्दा पहिले चिनियाँ कम्पनी लिनोभोले फोल्डिङ डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको थियो । तत्पश्चात अन्य कप्पनीहरुले पनि प्रतिस्पर्धात्मक रुपमा आफ्ना नयाँ ब्राण्डहरु बजारमा सार्वजनिक गरेका हुन् ।

उनीहरुले केही नयाँ फिचर थप्दै फोल्डिङ डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेका छन्।

डेल, इन्टेल र लिनोभो लगायत केही अन्य कम्पनीहरुले समेत फोल्डिङ डिस्प्ले भएका ल्यापटप सार्वजनिक गरेका हुन् ।

हाल चाइनिज ल्यापटप निर्माता लिनोभोले थिंकप्याड एक्स १ फोल्ड सहित आफ्नो दोस्रो फोल्डिङ डिस्प्ले भएको ल्यापटपलाई सार्वजनिक गरेको हो ।

यस ल्यापटपमा १३ इन्चको फोल्ड गर्न मिल्ने डिस्प्ले रहेको छ । उक्त डिस्प्ले ओलेड प्रविधिबाट बनेको डिस्प्ले हो । यस ल्यापटपलाई फोल्ड गरेर सानो ट्याब्लेट जस्तो पनि बनाउन मिल्ने छ ।

अर्को ल्यापटप निर्माता कम्पनी डेलले पनि फोल्डिङ डिस्प्ले भएको ल्यापटपलाई सार्वजनिक गरेको हो । डेलले आफ्नो १३ इन्च को फोल्डिङ डिस्प्ले भएको ल्यापटपलाई ‘ओरि’ नाम दिएको छ ।

त्यस्तै इन्टेलले पनि आफ्नै प्रकारको फोल्डिङ डिस्प्ले भएको ल्यापटपको नमुनालाई सार्वजनिक गरेको छ । उक्त नमुना ल्यापटपलाई ‘हर्ससु बेन्ड’ नाम दिइएको छ ।

डेल र लिनोभोको फोल्डिङ ल्यापटपको तुलनामा इन्टेलको ल्यापटप ठूलो रहेको छ । यसमा ४:३ अनुपातको १७.३ इन्चको डिस्प्ले प्रयोग गरिएको छ । इन्टेलको फोल्डिङ डिस्प्ले भएको ल्यापटपको मोटाइ केवल ७ मिमिको रहेको छ ।

यी सबै फोल्डिङ डिस्प्ले भएको नयाँ प्रकारको ल्यापटपमा माइक्रोसफ्टको विन्डोज १० एक्स अपरेटिंग सिस्टम चल्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : ३७ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका