कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने सीसीएमसीको निर्णय | Khabarhub Khabarhub

कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने सीसीएमसीको निर्णय


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्वन्धित विषयमा गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिएका हुन् । उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सीसीएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरेका हुन् ।

‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्यौं ।’

बैठकले कोभिड नियन्त्रण सम्वन्धित कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ती चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखापरेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको छ ।

कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको थियो । बैठकमा गृहमन्त्री रामवहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्टमन्त्री प्रदिप ज्ञवाली, सामान्य प्रशासन हृदयश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्राईको सहभागीता थियो । साथै मुख्य सचिव शंकरदास वैरागी र प्रधानमन्त्री कार्यालयलगायतका सचिवहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ०० बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको