कीर्तिपुरमा यसरी भइरहेको छ ‘युद्ध स्मारक पार्क’ निर्माणको काम | Khabarhub Khabarhub

कीर्तिपुरमा यसरी भइरहेको छ ‘युद्ध स्मारक पार्क’ निर्माणको काम


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर- नेपाल एकीकरणका क्रममा गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ ।

करीव २६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो ।

‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यहि युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो,’ किर्तिपुर नागरपालिकाका मेयर रमेश महर्जनले भने, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्राहलय पनि निर्माण गर्ने योजना छ ।’

मेयर महर्जनले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्कमा मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारी दिए । उनका अनुसार अहिले त्यसका लागि ३० भन्दा बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भइसकेका छन् ।

मेयर महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रुपमा जोड्ने योजनासहित नगरपालिले काम अघि बढाएको जानकारी दिए ।

यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले ‘युद्ध स्मारक पार्क’को अनुगमन गरेको छ ।

केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिककै आर्थिक सहयोगमा निर्माणाधिन तारकेश्वर धामको अनुगमन गरेका मेयर शाक्यले युद्ध पार्क निर्माणको कामलाई तीव्रता दिन आग्रह गरे ।

उनले काठमाडौँका १० र मध्यपुर ठिमी नगरपालिकालाई समेत यस्ता परियोजनाका काठमाडौं महानगरले सहयोग गरेको जानकारी दिए ।

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको इतिहास छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ४५ बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर