काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु | Khabarhub Khabarhub

काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका– ७ का प्रेमलाल महर्जनको कुटाइबाट बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मापसे गरेर महर्जनको घरमा पुगेका चौधरीलाई उनले भाटाले हानेर सख्त घाइते बनाएका थिए । लगत्तै चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : ५८ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु