नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यालयमा तोडफोड | Khabarhub Khabarhub

नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यालयमा तोडफोड


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकक्ष नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको समूहले कार्यालयमा रहेको सवारी साधन फुटाउनुका साथै उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।

त्रिविका सूचना अधिकारी सूर्य अधिकारीका अनुसार विद्यार्थीले कार्यालयको कुर्सी, झ्याल तथा ढोकाहरु फुटाएका हुन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले विद्यार्थीको ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको र गाडीमा क्षति भएको बताए । उनले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको पनि बताए ।

तोडफोड भएको केहीबेरपछि नेविसंघका विद्यार्थीहरुले उपकुलपतिको बास्कोटाको कुर्सीसमेत जलाएका थिए ।

नेविसंघ, प्रजातान्त्रिक प्राध्यापक संघ तथा लोकतान्धिक प्राध्यापक संघले यसअघि पनि विरोध गर्दै आएका थिए । बास्कोटासहित त्रिवि पदाधिकारीको कार्यशैलीप्रति उनीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट समूहले केही समयअघि कार्यकक्षमा ताला लगाएको थियो । अदालतको आदेशपछि उक्त ताला खोलिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : २१ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति