गोंगबु हत्याका आरोपितको बयान : पटक-पटकको ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर हत्या गरेँ (भिडियोसहित) « Khabarhub

गोंगबु हत्याका आरोपितको बयान : पटक-पटकको ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर हत्या गरेँ (भिडियोसहित)



काठमाडौं । यही आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा एउटा शव फेला पर्‍यो । लगत्तै महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोली तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धानमा जुट्यो । शव रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको रहेको पत्ता लाग्यो ।

घटनाको दुई दिनमा प्रहरीले हत्या आरोपमा चितवनकी कल्पना मुडभरी पौडेललाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार आरोपित कल्पनाले प्रहरीमा दिएको बयान अनुसार कृष्णबहादुरको हत्या उनैले गरेकी हुन् ।

कल्पानाको प्रारम्भिक बयान उदृत गर्दै ज्ञवालीले भने, ‘आठ महिनादेखि होटलमा बस्दै आएका कृष्णबहादुर र कल्पनाबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो । यही क्रममा कृष्णबहादुरले नक्कली फेसबुक आइडी बनाएर कल्पनाको नग्न तस्वीर सार्वजनिक गरेपछि रिसको झोँकमा उनले हत्या गरेकी हुन् ।’

कल्पनाले कृष्णबहादुरले पटकपटक ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक बयान प्रहरीमा दिएकी छन् । बयान अनुसार उनले शनिबार कृष्णबहदुरलाई आफ्नो कोठामा बोलाएर दहीचिउरासँगै भोड्कामा निद्रा लाग्ने नशालु पदार्थ मिसाएर खुवाइन् ।

त्यही नाशाको प्रभावले कृष्णबहादुर लट्ठ भएपछि ह्यामरले अण्डकोषमा हानेर बेहोस बनाइन् । लगत्तै सलले घाँटी कसेर हत्या गरिन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/khabarhubofficial/videos/327440641763211/?t=6

कल्पनाले प्रहरीमा दिएको बयानअनुसार मृत्यु भइसकेपछि आफ्नै भन्छाकोठामा भएको धारिलो हतियारले टाउको र खुट्टा छिनाइनन् । टुक्रा टुक्रा शवलाई आफैसँग भएको झोला र सुटकेशमा हालेर सडकमा लगेर फालिन् । यसपछि उनी माइती जान्छु भन्दै एम्बुलेन्स चढेर चितवन पुगेकी थिइन् । प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

प्रहरी परिसर प्रमुख एसएसपी ज्ञवालीका अनुसार कल्पनाकी १७ वर्षीया छोरीले समेत शव व्यवस्थापनमा सहयोग गरेको खुलेको छ । कल्पनाले प्रहरीमा दिएको बयानमा हत्या आफू एक्लैले गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेकी हुन् । प्रहरीका अनुसार हत्यामा दुई वटा खुकुरीको प्रयोग भएको पाइएको छ ।

हत्याको मुख्य कारण यौन शोषण

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कृष्णबहादुरको हत्याको मुख्य कारण यौन शोषण भएको खुलेको छ । परिसर प्रमुख एसएसपी ज्ञवाली भन्छन्, ‘कल्पनाले कृष्णबहादुरको हत्या गर्नुको मुख्य कारण यौन शोषण गर्नु र नग्न तस्बिर फेसबुकमा राख्नु नै देखिएको छ ।’

ज्ञवालीका अनुसार नग्न तस्वीर सार्वजनिक गर्ने र पटक पटक ह्यारेसमेन्ट गर्ने गरेको हुँदा आवेगमा आएर हत्या भएको देखिएको छ । उनले भने, ‘घटना बारे थप अनुसन्धान गरिरहेका छौँ, अनुसन्धान सकिएपछि थप तथ्य बाहिर आउँछ ।’ कल्पनाको श्रीमान् भने विदेशमा रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरी अनुसन्धानमा खुलेका तथ्य

परिसर प्रमुख एसएसपी ज्ञवालीका अनुसार कृष्णबहादुरको हत्या गरिसकेपछि कल्पनाले छोरीको सहायतामा शव व्यवस्थापन गरिन् । यसपछि आइतबार बेलुका एम्बुलेन्समार्फत चितवन पुगिन् ।

घटनास्थलबाट प्रहरीले प्रमाणका रूपमा मृतकलाई हिर्काउन प्रयोग भएको ह्याम्मर, धारिलो हतियार, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, सुटकेशको ह्याण्डल र स्लिपिङ ट्याबलेट (निद्रा गाल्ने औषधि) का खोल बरामद गरेको छ ।

अनुसन्धान अनुसार कृष्णबहादुर कल्पनाको कोठामा पटकपटक जाने गरेको खुलेको छ । कल्पना र कृष्णबहादुरबीच आर्थिक कारोबारको विवाद रहेको समेत खुलेको छ । कल्पना कलाकार समेत रहेको खुलेको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिशृङ्खलामा अभिनय गरेकी छन् ।

अपरेसन जोजो : तालिम प्राप्त जोजोले भेट्टायो शवको टाउको र खुट्टा

आइतबार बिहान सुटकेसमा टाउको र खुट्टा नभएको एउटा शव भेटिएको थियो ।

प्रहरीले घटनाको पत्तो पाएसँगै तालिम प्राप्त कुकुर जोजोको सहयोगका अनुसन्धान सुरु गर्‍यो । केही बेरमा शवभन्दा करिव ३०० मिटर पर टाउको र खुट्टा भएको झोला जोजोले पत्ता लगाएको थियो।

टाउको भेटिएपछि प्रहरीलाई मृतकको पहिचान गर्न सजिलो भयो । मृतकको पहिचान पछि प्रहरीले अभियुक्त पक्राउ गर्न सफल भएसँगै प्रहरीको अपरेसन जोजो सफल भयो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : १५ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका