सेलिब्रेटी, जो लकडाउनका बेला विवादमा तानिए | Khabarhub Khabarhub

सेलिब्रेटी, जो लकडाउनका बेला विवादमा तानिए


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्र लामो समयदेखि सुनसान छ । फिल्म निर्माणका काम भइरहेका छैनन् । चैत्र ११ गतेदेखि गरिएको लकडाउनका कारण कलाकारहरु होम क्वारेन्टिनमा सीमित भए ।

अहिले लकडाउन खुले पनि फिल्म क्षेत्र खुलेको छैन । कलाकारबीचको आरोप–प्रत्यारोपको शृङ्खला पनि रोकिएको छैन ।

वर्षभरि नै व्यस्त रहने कलाकारहरुले फिल्मका बारेमा थप बुझ्नेछन् र सिर्जनात्मक बहस गर्नेछन् भन्ने धेरैलाई लागेको थियो । तर, लकडाउन अवधिमा एकपछि अर्को गर्दै विवाद मात्र सिर्जना भए । बहस निकै कम भए ।

भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्याको असर नेपाली फिल्म क्षेत्रमा पनि पर्‍यो । नेपालमा नेपोटिज्म मात्र नभएर ग्रुपिज्म र यौन हिंसाबारे पनि बहस भयो । त्यसमाथि लकडाउनका बेला यी विषयले थप चर्चा पाएः

रीमाले कालो चिया बनाउन सिकिन्

लकडाउनको शुरुवातमै कलाकार तथा प्रस्तोता रीमा विश्वकर्माले ‘लकडाउनका बेला कालो चिया बनाउन जानेको’ भनेर सामाजिक सञ्जालमार्फत भनेपछि उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बनिन् ।

सामाजिक सञ्जालमा उनलाई ट्रोलिङ गरियो । कतिले त उनको डिभोर्सलाई समेत कालो चिया बनाउन नजानेको घटनासँग जोडेर हेरे । रीमाले यो प्रसङ्गले दुःखी तुल्यायो ।

लामो समयको विवादपछि यो प्रकरण यत्तिकै सेलाएर गयो ।

जब वर्षा राउतलाई भारतीय साथी रिसाउने डर भयो

अर्की कलाकार वर्षा राउत पनि विवादमा फसिन् । विवादमा आउन नचाहने वर्षा आफूले बोल्ने यस्तै कुराले पटक–पटक विवादमा भने आइरहन्छिन् ।

वर्षाले एक अन्तर्वार्ताका क्रममा नेपालले लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको सन्दर्भमा आफूलाई भारतीय साथीसँग रिसाउने चिन्ता लागेको बताइन् ।

उनको यो अन्तर्वार्ताले पनि तरंग ल्यायो । सरकारले लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गर्नुपर्ने आवाज नेपालीले उठाइरहेका थिए । त्यही बेलामा वर्षालाई भने चिसिँदै गएको नेपाल र भारतीयबीचको सम्बन्धले आफ्ना भारतीय साथीहरु रिसाउने डर लागेको थियो ।

वर्षाले भलै राष्ट्रियताविरुद्ध बोल्न खोजेकी त थिइनन् । तर, उनको बोली चिप्लिँदा विवादको सामना गर्नुपरेको थियो ।

पूजा शर्माले भनिन् – नेपालमा १४ जिल्ला ७२ प्रदेश

कलाकार पूजा शर्माले नेपालमा १४ जिल्ला र ७५ प्रदेश भएको बताइन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा यति पनि बताउन नसक्दा व्यापक विरोध सहनुपर्‍यो ।

नेपाली दर्शकले नै नेपाली कलाकारको ज्ञानको दायरामाथि प्रश्न उठाए । पूजाले नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भनेर समेत भन्न नसकेपछि उनको विरोध भएको थियो ।

यो विषयमा पूजाले आफ्नो गल्ती भएको स्वीकार्दै मौन रहिन् ।

साम्राज्ञी र भुवनको जुहारी

पुराना कलाकार भुवन केसी र नयाँ पुस्ताकी कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहबीच जुहारी नै चल्यो । साम्राज्ञीले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गरेर केही निर्माताबाट आफू दुर्व्यवहारमा परेको बताएपछि कलाकार भुवन केसीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाए ।

भुवनले साम्राज्ञीलाई लक्षित गर्दै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भन्दै प्रतिक्रिया जनाएका थिए ।

जवाफमा साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गरिन् । र, भुवनले घिनलाग्दो व्यवहार गरेको आरोप लगाइन् ।

भुवन र साम्राज्ञीको यो मुद्दा कलाकार संघ हुँदै अदालतसम्म पुगेको छ । साम्राज्ञीले भुवनलाई आरोप लगाइन् भने भुवनले आफ्नो चरित्रहत्या गरिएको दाबी गरे ।

दीपाश्री निरौलाको महानायकमाथि प्रश्न

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले लोकप्रिय कलाकारलाई दिइएको महानायकको उपाधिमाथि प्रश्न उठाइन् । उनी पनि लकडाउनका बेला दिइएको एक अन्तर्वार्ताका क्रममा विवादमा तानिएकी थिइन् ।

राजेश हमाललाई महानायक भन्ने कि नभन्ने भनेर सामािजक सञ्जालमा चर्को बहस सिर्जना भयो । हमालले पनि विभिन्न अन्तर्वार्तामा आएर आफूलाई स्याबासी मन पर्ने र ‘महानायक’ पदलाई स्याबासीका रुपमा लिएको बताए ।

दीपाश्री निरौलालाई फ्यानले गाली गरेपछि हमालले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै माफी दिन र सबै कलाकारलाई सम्मान गर्न आग्रह गरेका थिए ।

दुर्गेश थापा पनि एकाएक विवादमा

मोडल तथा गायक दुर्गेश थापा विवादमा तानिए । त्यसो त यी मोडल प्रायः विवादमा आएकै कारण चर्चामा आउँछन् । अरुबेला गुमनाम हुन्छन् ।

दुर्गेशले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा स्वरसम्राट नारायण गोपालको भन्दै भक्तराज आचार्यको गीत गाएपछि उनी ट्रोलको शिकार बने ।

दुर्गेशले अन्तर्वार्तामा गाएका गीतले उनलाई विवादमा ल्याएको थियो । सामाजिक सञ्जालमा ‘अटो ट्युनिङ’ गायक चर्चामा रहेको तर राम्रा गायक गुमनाम रहेको बहस सिर्जना भयो ।

दुर्गेश थापाले अटो ट्युनमा बाहेक अरु बेला गाउन नसक्ने रहेछन् भन्दै उनलाई मजाक बनाइयो । गायिका अञ्जु पन्तले त दुर्गेशलाई अब संगीत सिक्न सुझाव नै दिइन् ।

र, एक पत्रकार पनि

लामो समय फिल्मका अन्तर्वार्ता लिएका पत्रकार प्रकाश सुवेदी आफ्नै बोलीका कारण फसे ।

उनले कलाकार पूजा शर्मालाई ‘दाह्रा भएकी महानायिका’ भनेपछि उनको खुबै विवाद भयो । सुवेदीमाथि पूजाका फ्यान मात्र खनिएनन् । उनले चयन गरेका शब्दका कारण फिल्म क्षेत्रका कलाकारले नै विरोध जनाए ।

प्रकाश सुवेदीले कार्यक्रमबाटै माफी त मागे । तर, हलुका ढंगले माफी मागेर र गम्भीर विषयलाई पनि सामान्य रुपमा लिएको भन्दै पूजाले असहमति जनाइन् ।

स्मरण रहोस्, पूजा शर्माले ‘१४ अञ्चल र ७२ प्रदेश’ उनै सुवेदीको कार्यक्रममा भनेकी थिइन् । त्यतिबेला पूजाले अन्तर्वार्ताको भाग हटाउन अनुरोध गरेकी थिइन् । तर, सुवेदीले मानेकी थिइनन् ।

त्यसैले पनि पूजा प्रकाशविरुद्ध कडा रुपमा प्रस्तुत भएकी छिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ३ : ०३ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने