पाटन कृष्ण मन्दिरमा आज बाहिरैबाट पूजा (फोटोफिचर) | Khabarhub Khabarhub

पाटन कृष्ण मन्दिरमा आज बाहिरैबाट पूजा (फोटोफिचर)


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन खुल्ने पाटनको कृष्णमन्दिर यो वर्ष खुलेको छैन ।

मन्दिर खोल्दा भक्तजनहरूको ठूलो उपस्थिति हुने भएपछि सङ्क्रमण सर्ने खतरा भएको कारणले मन्दिर नखोलिएको मङ्गल टोल सुधार समिति पाटनले जनाएको छ । ललितपुर महानगरपालिकाले पनि सङ्क्रमणको अत्यधिक जोखिम रहेकाल कृष्ण मन्दिर नखोल्ने बताएको थियो ।

ललितपुर महानगरपालिका र मङ्गल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी सोमबार नै गराएको थियो ।

सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको कृष्ण मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक रुपमा क्षति भएको थियो ।

मन्दिरमा क्षति पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहिरैबाट परिक्रमा गर्ने मात्र व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ४२ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका