श्रीकृष्ण जन्माष्टमी पर्वले मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

श्रीकृष्ण जन्माष्टमी पर्वले मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति भण्डारी


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी  भावनात्मक एकता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।

श्रीकृष्ण जन्माष्टमकी अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी  भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास  छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ९ : ११ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई