गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बागलुङ र तनहुँका २/२ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका संक्रमितहरु बागलुङको बागलुङ नगरपालिका–४ की २२ वर्षीय महिला र वडा नम्बर ३ का ३९ वर्षीय पुरुष रहेका छन्।

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–६ का १९ र वडा नम्बर ३ का २९ वर्षीय पुरुष तथा कास्कीको पोखरा महानगरपालिका–५ का ११ वर्षीय पुरुष र ३८ वर्षीया महिला, वडा नम्बर ३० का ३० वर्षीय पुरुष र वडा नम्बर १७ की ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ०७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड