भैरहवा प्रयोगशालालाई आरटी पीसीआर मेशिन सहयोग « Khabarhub

भैरहवा प्रयोगशालालाई आरटी पीसीआर मेशिन सहयोग


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि संघीय कृषि तथा पशु विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले एक थान आरटी पिसिआर मेशिन उपलब्ध गराएको छ ।

कोभिड –१९ को परीक्षणका लागि गत आइतबारदेखि प्रदेश सरकारले भैरहवामा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । उक्त प्रयोगशालामा संघीय सरकारले पठाएको यन्त्रमार्फत परीक्षण भइरहेको छ ।

यन्त्रको क्षमता पर्याप्त नहुँदा संकलित नमूना परीक्षणमा ढिलाइ भएको जनगुनासो आएका बेला संघीय कृषि तथा पशुपन्छी मन्त्रालयको निर्देशनमा परिषद्अन्तर्गत बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारको मोलेकुलर ल्याबमा भएको उक्त मेशिन राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाको मातहतमा रहने गरी आज हस्तान्तरण गरिएको हो ।

एक पटकमा ९६ नमूना परीक्षण गर्न सक्ने उक्त आरटी पिसिआर मेशिनको क्षमता छ ।

कृषिमन्त्री घनश्याम भुसालका स्वकीय सचिव मनोज रिजालका अनुसार बढीमा ६ महिनाका लागि उक्त यन्त्र प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशानालय रुपन्देहीका निर्देशक डा विनोदकुमार गिरीलाई राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा ताराबहादुर घिमिरेले आज काठमाडौँमा हस्तान्तरण गरे ।

हाल प्रयोगशालामा रहेको पिसिआर मेशिनमार्फत परीक्षण गर्दा एक घण्टामा एउटा मात्रै नमूना परीक्षण हुने गरेकामा आरटी पिसिआर मेशिन आएपछि धेरै सहज हुने प्रदेश प्रयोगशाला भैरहवाका निमित्त कार्यालय प्रमुख डा राजेन्द्र गिरीले बताए ।

प्रदेश प्रयोगशालामा अहिलेसम्म ६९ जनाको नमूना संकलन भइसकेको छ । जाँच गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको र बाँकी ११ जनाको आउन बाँकी रहेको डा गिरीले बताए। भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रदेशस्तरीय प्रयोगशालामा गएको आइतबारदेखि कोरोना परीक्षण शुरु गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ५९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा