प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने सम्भावना : डा शाह | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने सम्भावना : डा शाह


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएकाले डिस्चार्जको सम्भावना रहेको बताइन् ।

‘उहाँको स्वास्थ्य राम्रो छ’ डा शाहले भनिन्,‘ हेरेर पठाउन मिल्ने भयो भने आज पठाइन्छ ।’ तर मंगलबार प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राख्ने जनाइएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउन नियमित रुपमा दिउँसो चार बजे आयोजना गरिने गरिएको पत्रकार सम्मेलन पनि आज केही ढिला गरि हुने उनले जानकारी दिइन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि सार्वजनिक कार्यक्रम र व्यक्तिहरुसँगको भेटघाट गर्न नमिल्ने चिकित्सकहरुले बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा नै प्रधानमन्त्री ओलीका लागि आइसोलेसन वार्डको तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि अस्पतालले आजै डिस्चार्ज गरेको छ ।

उनको स्वास्थ्य अवस्था राम्रो भएका कारण डिस्चार्ज गरिएको डा शाहले जानकारी दिइन् । डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओली र संग्रौलाबीच भेट भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक