प्रधानमन्त्रीलाई मिर्गौला दिने संग्रौला अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई मिर्गौला दिने संग्रौला अस्पतालबाट डिस्चार्ज


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलालाई अस्पतालले आज डिस्चार्ज गरेको छ ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई भान्जी संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई संर्गौलाले आफ्नो मिर्गौला दिएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएसँगै संग्रौला आफ्नै निवासमा फर्किएकी छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘उहाँको स्वास्थ्य अवस्था राम्रो हुँदै गएपछि आज समीक्षा जीलाई डिस्चार्ज गरिएको छ, उहाँ आफ्नै घरमा जानुभएको छ ।’

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार संग्रौलाको स्वास्थ्य अवस्था अहिले राम्रो हुँदै गएको छ । मिर्गौला निकालिएको घाउँ पूर्ण रुपमा ठिक भएपनि उनी स्वस्थ्य व्यक्तिले जस्तै जीवनयापन गर्न सक्ने डा शाहले बताइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ५२ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित