एक्सन प्याक फिल्ममा काम गर्ने चाहना छ - सुशील श्रेष्ठ | Khabarhub Khabarhub

एक्सन प्याक फिल्ममा काम गर्ने चाहना छ – सुशील श्रेष्ठ


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ मा सुशील श्रेष्ठले शीर्ष भूमिका निभाएका छन् । यो फिल्ममा उनका अलावा विश्वजीत रिमाल र रुविना थापाको पनि शीर्ष भूमिका छ ।

सौरभ चौधरीले निर्देशन गरेको यो फिल्मको यतिबेला चर्चा छ । मुख्य भूमिकामा देखिएका सुशीलले होस्टेल रिटर्न् बाट राम्रो प्रतिक्रिया पाए । तर, उक्त फिल्मबाहेक अरु फिल्मले भने सुशीलले सफलता दिन सकेनन् ।

उनको शीर्ष भूमिका रहेको ‘शायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ फ्लप हुँदा सुशीललाई यतिबेला थप जोखिम छ । फ्लप फिल्म दिए पनि उनलाई फिल्ममा अफर त आइरहेका छन् तर आफूले धेरै फिल्म खेलेर असफल फिल्मको चाङ लगाउन चाहन्नन् सुशील ।

‘यसअघिका मेरा फिल्ममा किन काम गरेछु भन्ने  चाहिँ लाग्दैन, किनकि त्यो कामले पनि मलाई धेरै सिकाएको छ,’ सुशील सुनाउँछन्, ‘तर अब भने फिल्म छान्ने क्रममा थप विचार पुर्‍याउँछु ।’

‘लभ डायरिज’ एक धनी बुबाको घमण्डी छोराको भूमिका निभाएका सुशील यो फिल्मबाट पनि उत्तिकै आशावादी छन् । उनी भन्छन्, ‘फिल्मबाट म आशावादी छु, मैले सक्दो मेहनत गरेको छु, फिल्मकै लागि भनेर ज्यान पनि त्यही अनुसारको बनाएको थिएँ ।’

आफूलाई अब एक्सन प्याक फिल्ममा काम गर्न मन लागेको सुशील सुनाउँछन् । यसअघि पनि एक्सनका साथ देखिएका सुशील थप आकर्षक एक्सनसहित फिल्ममा प्रस्तुत हुन चाहेको बताउँछन् ।

‘लभ डायरिज पनि मन परेकै कारण अभिनय गर्न तयार भएको हुँ, अब भने एक्सन फिल्ममा काम गर्न मन छ,’ उनी भन्छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ४७ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी