सचिवालयको निर्णयबारे उपसभामुख तुम्बाहाङ्फेको प्रतिक्रिया : मैले किन राजीनामा दिने ? « Khabarhub

सचिवालयको निर्णयबारे उपसभामुख तुम्बाहाङ्फेको प्रतिक्रिया : मैले किन राजीनामा दिने ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी छिन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखलाई राजनीनामा गर्न लगाउने निर्णय भएको बताएका थिए ।

निर्णय सार्वजनिक भएसँगै खबरहबसँगको कुराकानीमा उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् ।
‘मैले किन दिने राजीनामा ?’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्,‘सभामुखका लागि म योग्य छु ।’

नेकपाको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भएपनि कसलाई सभामुख बनाउने भन्ने निर्णय भने नगरेको प्रवक्ता श्रेष्ठले बताए ।

सभामुख उम्मेदवार को हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो आउँछ नि ! पहिला उपसभामुखको राजीनामा आउनुपर्‍यो।’

नेकपामा त्रिपक्षीय शक्ति संघर्ष

सत्तारुढ दल नेकपामा सभामुखको विषयमा त्रिपक्षीय शक्ति संघर्ष देखिएको छ ।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार तीन पक्षको आ–आफ्नो दाबी र व्यक्ति भएका कारण समस्या उत्पन्न भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व माओवादी नेता अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने अडानमा रहेका छन् ।

त्यस्तै तत्कालीन एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत सभामुखमा चासो व्यक्त गरेको नेकपाका नेताहरुको भनाइ छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि शीतल निवासको सदासयता रहेका कारण उनले सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएको नेकपाका एक नेताले बताए ।

आइतवार प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : ३५ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा